२०८३ श्रावण १३ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १३ बुधबार

मलंगवामा आगलागीबाट गोठ जल्दा चौपाया सहित साढे ३ लाखको क्षति

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ मा बुधबार  आगलागी हुँदा रामवचन साह तेलीको गोठ जलेर नष्ट भएको छ। आगोले ५ वटा चौपाया समेत जलेर मर्दा अन्दाजी ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार बिहान करिब पौने २ बजे तिर भएको आगलागीबाट स्थानीय साहको गोठसहित १ वटा भैंसी ,१ वटा भैंसीको पाडो ,१ वटा बाख्रा र २ वटा बाख्राको बच्चा जलेर मरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयहरु मिलेर  दमकलको सहायतामा बिहान साढे २ बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।