मलंगवामा आगलागीबाट गोठ जल्दा चौपाया सहित साढे ३ लाखको क्षति


सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ मा बुधबार आगलागी हुँदा रामवचन साह तेलीको गोठ जलेर नष्ट भएको छ। आगोले ५ वटा चौपाया समेत जलेर मर्दा अन्दाजी ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार बिहान करिब पौने २ बजे तिर भएको आगलागीबाट स्थानीय साहको गोठसहित १ वटा भैंसी ,१ वटा भैंसीको पाडो ,१ वटा बाख्रा र २ वटा बाख्राको बच्चा जलेर मरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागी प्रहरी र स्थानीयहरु मिलेर दमकलको सहायतामा बिहान साढे २ बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।