चोरि गरेको ठाउँमा पर्स खसेपछि किराना पसल चोर्ने मानपुरका सोनारलाई प्रहरिले पक्रियो

758
Friendship Mobile

रौतहट जिल्लामा पछिल्लो समय घर टहरो तथा पसलहरुमा चोरिको घटना बढिरहेको बेला पसलबाट चोरि गरेको समान सहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माधवनारायण नगरपालीका वडा नम्बर ४ मानपुरका सन्तोष कुमार साह सोनार छन ।

मध्यरात अर्थात शुक्रवार बिहान करिव १ बजेको समयमा माधवनारायण नगरपालीका ४ मानपुर बजारमा स्थानिय सिकिलदेव मुखियाले सञ्चालन गरेको किराना पसलमा चोरि भएको थियो । टालीले छाएको मुखियाको आफ्नै घरमा सञ्चालीत पसलको छानाबाट टाली हटाई नगद तथा जिन्सि धनमाल चोरि भएको भन्दै मुखियाले प्रहरिलाई खबर गरेका थिए ।

प्रहरिले खबर पाउनासाथ घटनास्थलमा पुगेर अनुसन्धान गरेको सुरु थियो । अनुसन्धानका क्रममा प्रहरिले घटनास्थलबाट पकेट पर्स तथा पसभित्र सन्तोष साह मानपुर लेखिएको रसिद फेला पारेको थियो । रसिदका आधारमा चोरिमा संलग्न सोनारको घरमा पुगेको प्रहरिले खानतलासि गर्दा सोनार सुतिरहेको ओछ्यानबाट चोरि गरि ल्याएको बिभिन्न नामका ११ ओटा चुरोटको डब्बा सहित १००, ५०, २०, १० र ५ रुपैँयाका एकहजार पाँच रुपैँया फेला पारेको थियो ।

चोरिमा संलग्न स्थानिय प्रेमलाल साह सोनारका छोरा २१ बर्षिय सन्तोषलाई प्रहरिले पक्राउ गरि जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।