महिला साना किसान कृषि सहकारि संस्था परवानीपुरको आठौँ बार्षिक साधारणसभा सम्पन्न

894
Friendship Mobile

सर्लाहीको परवानीपुरमा रहेको महिला साना किसान कृषि सहकारि संस्थाको आठौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष मिना कुमारि स्याङ्तानको अध्यक्षतामा भएको साधारणसभामा लालबन्दी नगरपालीकाका मेयर मान बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरि लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का अध्यक्षहरु गोरख बल, गणेश थापा र जिल्ला कृषि सहकारि संघको अध्यक्ष अञ्जु पौडेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेकपा नेता गोबिन्द अधिकारि, सहकारिको प्रदेश संघकी सदस्य देव कुमारि गुरागाईं, नेकपा नेता तथा सल्लाहकार समतीका बलराम खड्का, उद्धवराज पाठक, हेम बहादुर कार्कि, रामबहादुर पाण्डे, शुभलाल बम्जन, हेम बहादुर गौतम, लाल बहादुर बस्नेत, गंगा बहादुर कार्कि, चन्द्र बहादुर वाईबा, उमा थापा, रेणुमाया थापा मगर, भक्त माया सुनुवार, उमेस आचार्य, बद्रि बहादुर सुनुवार, रेणु थापा, लालमाया बिक लगाएत शेयर सदस्य तथा स्थानिय भद्रभलादमिहरु, अस्थाई प्रहरि पोष्ट परवानीपुरका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाका बक्ताहरुले महिलाहरुको सक्रिय सहभागीतामा सञ्चालीत सहकारिले राम्रो प्रगती गर्न सफल भएको भन्दै अझै प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडाध्यक्ष थापाले स्थानिय महिलाहरुको आयआर्जनमा समेत सहकारि सहयोगीसिद्ध बन्न सक्ने भन्दै सहकारिलाई अगाडि बढाउन आफ्नो आवश्यक सहयोग रहने बताउनुभएको थियो । कार्यक्रमका बक्ताहरुले हालका लालबन्दी नगरप्रमुख खड्काको सक्रियतामा ८ बर्ष अघि स्थापना भएको सहकारिले राम्रो प्रगती गर्न सफल भएको भन्दै सहकारि स्थापनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै नगरप्रमुख खड्का प्रति कृतज्ञता प्रकट गरेका थिए ।

संस्थाकी प्रबन्ध निर्देशक मधु गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी खड्काले सोही ठाउँका महिलाहरुको सक्रियतामा नै सहकारि सफल भईरहेको बताउँदै सबै महिला दिदीबहिनीहरुलाई सहकारिमा आवद्ध हुन आग्रह गर्नुभएको थियो । नगरप्रमुख खड्काले अहिले सहकारिमा जोडिएर बचत गरेको खण्डमा पछिलाई फाईदा हुने बताउँदै बुडेसकालको सहाराका लागी पनी बचत गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो । करिव १२ सयजना महिला शेयर सदस्य रहेको सहकारिले २३ लाख रुपैँया नाफा कमाउन सफल भएको बताईएको छ ।

सहकारिले आउँदो माघ १ गत्ते उद्घाटन गर्ने गरि दुध डेरि समेत सञ्चालन गर्न लागीरहेको छ । अव परवानीपुर तथा आसपासका स्थानियले आफ्नै ठाउँमा बसेर आयआर्जन गर्दै आर्थिक रुपमा समृद्ध बन्न सक्ने दिन सहकारिले ल्याएको भन्दै कार्यक्रमका बक्ताहरुले सहकारिमा जोडिनुपर्नेमा जोड दिएका थिए ।