पौष २५ गतेको बिरोधसभालाई बृहत बनाउने कांग्रेस रौतहट क्षेत्र नं.३ को निर्णय

345
Friendship Mobile

प्रधानमन्त्री केपि शर्मा ओलीले संबैधानिक ‘कु’ गरेको ठहर गर्दै नेपाली कांग्रेसले गर्ने बिरोधको कार्यक्रमलाई सफल र अझ शसक्त बनाउन रौतहटको कटहरियामा बिहिवार बैठक सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका जुझारु युवा नेता तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा कटहरिया बजारमा रौतहट क्षेत्र नं. ३ को भेला बसेको हो । भेलाले प्रदेशसभा ‘क’ र ‘ख’ मा बिरोधसभा गर्ने निर्णय गर्दै बिरोधसभाको तयारिका लागी उपसमिती समेत चयन गरेको छ । प्रदेशसभा ‘क’ को उपसमितीमा गोपाल प्रसाद यादव, शेख शेराज, कमल किशोर मिश्र, राम मंगल प्रसाद यादव र कुमार प्रसाद चौलागाईं गरि ५ जनाको समिती चयन गरिएको छ भने ‘ख’ मा भोला प्रसाद यादव, अर्जन प्रसाद यादव, शुरेस कुशवाह, चतुर्गुण महतो, शुरेस प्रसाद यादव, रामानन्द प्रसाद यादव, गेनालाल प्रसाद यादव र अजय प्रसाद यादव छन ।

क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ अन्तर्गत बिजयपुर नगरपालीकाको बिजयपुर बजारमा र प्रदेशसभा ‘ख’ अन्तर्गतको देवाहि गोनाहिको मंगलबजारमा २५ गत्ते बिहान ११ बजे बिरोधसभा गर्ने कांग्रेसको तयारि छ । बैठकले केन्द्रिय परिपत्र अनुसार २५ गत्तेको कार्यक्रम बृहत रुपमा सफल पार्नका लागी उपसमिती गठन लगाएतको सम्पुर्ण निर्णय गरेको क्षेत्रीय उपसभापती प्रकाश श्रेष्ठले बताए ।

क्षेत्रीय सभापती रामभरोस प्रसाद यादवको सभाध्यक्षतामा बसेको बैठकमा जिल्ला उपसभापती सुनिल कुमार यादव, क्षेत्र नं.३ ख बिधानसभा प्रत्यासि राम नारायण प्रसाद यादव, क्षेत्र नं.३ क बिधानसभा प्रत्यासि महमद शेराज, राजकिशोर प्रसाद यादव, जिल्ला कमिटि सदस्यहरु शराजुल देवान, कमरुद्धिन, वालमिकी प्रसाद यादव, शेख महबुल, अर्जुन प्रसाद यादव, सुमिन्त्रा सापकोटा, गुजारा नगरअध्यक्ष कुमार प्रसाद चौलागाईं, फतुवा बिजयपुर नगरअध्यक्ष बाबुराम अधिकारि, गुजारा नगरपालीकाको उपमेयर प्रत्यासि रत्न लामा लगाएत जिल्लाका क्षेत्रीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।