नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औँ साधारणसभा सदरमुकाम गौरमा सम्पन्न

307
Friendship Mobile

नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफनोे ११ औँ साधारण सभा शुक्रवार सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सभा सम्पन्न भएको हो । सधारण सभाको महासंघका केन्द्रीय महासचिव रमेश विष्टले उद्धघाटन गर्नुभएको थियो ।

महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, महासंघका प्रदेश नं. २ का सदस्य शैलेन्द्र झा, विजेन्द्र पासवान, प्रेस युनियनका संजय कार्की,प्रेस संगठनका फनि महत, महिला पत्रकार प्रभा सिंह, विना राउत, वरिष्ठ पत्रकार विनय लाल दास, महासंघका संस्थापक अध्यक्ष शिव पुरि, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाको उद्घाटनका क्रममा बोल्दै महासचिव बिष्टले विभिन्न काल खण्डमा पत्रकारिता माथि अंकुश लगाउने प्रयत्न भएका भए पनी महासंघको अगुवाईमा प्रेस सवतन्त्रता कायम हुदैँ आएको बताउनुभयो । पत्रकारितालाई मर्यादित बनाउन महासंघले आफनो आचार संहिता लागु गर्दै आएको अवस्थामा कतिपय सञ्चार उद्यमि र संचारकर्मीले मनन् नगरेको कारण पत्रकारिता पेशाले विभिन्न चुनौतिको सामना गर्दै आएको महासचिव विष्टको भनाई थियो ।

रौतहट शाखाको आउँदो अधिवेशनमा सक्षम नेतृत्व चयन गर्न सुझाव दिदैँ महासचिव बिष्टले विगतको कमी कमजोरीलाई हटाउदैँ एक जुट हुन आग्रह गर्नुभयो ।

त्यसैगरि महासंघका केन्द्रीय सचिव सितल महतोले पत्रकारको हकहितको लागी माहासंघ लडदै आएको बताउँदै पत्रकारहरुलाई संख्यात्मकको सट्टा गुणात्मक मजबुती निर्माण गर्न आग्रह गर्नुभयो ।
त्यस्तै महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहानले राजाको शासनमा संचारकर्मीलाई दण्ड सजाय दिने व्यवस्था कायम गरेको सरह नै वर्तमान सरकारले संचारकर्मीलाई जरिवाना कैद गर्ने व्यवस्था ल्याउने प्रयास गरेको प्रति दुःख व्यक्त गरेका गर्नुभएको थियो ।

कार्यक्रममा महासचिव बिष्टले पत्रकार महासंघ रौतहट शाखासँग आवद्ध रहि २० वर्ष पत्रकारिता गरेका पत्रकार शैलेन्द्र झा, शैलेन्द्र गुप्ता, प्रभात झा, रविन्द्र साह, शिव पुरि, रत्न अधिकारी, गोपाल अर्चाय, प्रेम चन्द्र झा, श्रीमन नरायण मिश्र, रमेश सिंह, रविन्द्र मण्डल, आन्नद खनाल, विनय कुमार लाल दास लगायतका पत्रकारलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।


त्यसैगरि कार्यक्रममा उपस्थित गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण कुमार साह, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, वृदावण नगरपालिकाका मेयर रामस्नेही यादव, प्र.जि.अ. इन्द्रदेव यादव, प्रहरी उपरिक्षक सिद्धि विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका एसपी, शस्त्र प्रहरीका डिएसपी लगायतका ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।