अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै

548
Friendship Mobile

सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिए ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेको भन्दै निर्देशिका ल्याउन लागेको हो ।