लालबन्दीका साहलाई रौतहट प्रहरिले दिलायो हराएको २२० सिसिको पल्सर


चोरिको मोटरसाईकल चढेर हिँडेका ब्यक्तिले प्रहरिलाई देखि भागेपछि मोटरसाईकल सम्बन्धित धनीले पाएका छन ।
यहि माघ १६ गत्ते सवारि चेकजाँचका क्रममा रौतहटको गरुडा प्रहरिले लालबन्दीका करण साहको २२० सिसिको पल्सर मोटरसाईकल फेला पारिदिएका हुन ।
हाल मकवानपुरको हेटौँडा ४ बस्ने साहको मोटरसाईकल चढेर रौतहटको कटहरियाबाट झाझपुल तर्फ जाँदै गरेका ब्यक्तिले ईलाका प्रहरि कार्यालय गरुडाका निमित्त कार्यालय प्रमुख प्रहरि निरिक्षक राम राजा केशरिको कमाण्डको टोलीले सवारि जाँच गरिरहेको देखेपछि मोटरसाईकल छोडि भागेका थिए ।
प्रदेश ३–०३–००१ प–२४४८ नम्बरको मोटरसाईकल प्रहरिले आवश्यक प्रकृया पु¥याएर सम्बन्धित सवारि धनिलाई हस्तान्तरण गरेको गरुडा प्रहरिले जानकारि दिएको छ ।