राजदूत विश्वकर्मा र रेग्मीले लिए सपथ

248
Friendship Mobile

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्मा र बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय विश्वकर्मा र रेग्मीले विहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।