राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ पर्सा गठन

436
Friendship Mobile

राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल पर्सा जिल्ला कार्य समिति गठन भएको छ । पार्टिको जिल्ला अध्यक्ष श्री अंगद ठाकुर को अध्यक्षतामा समिती गठन सम्पन्न भएको हो ।

राष्ट्रीय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष चिराग मान सिंह कुँवरको बिशेष उपस्थितिमा राप्रपाका केंद्रीय सदस्य राम बहादुर थापा, गया हजरा, अर्जुन सिंह ठाकुरी, रीता पोखरेल र राष्ट्रीय प्रजातांत्रिक ट्रेड यूनियन महासंघ नेपालका महा सचिव कृष्ण बहादुर महतको समुपस्थितिमा जिल्ला सचिव अजय पौडेलको सहजिकरणमा पर्सा ट्रेड यूनियन गठन गरिएको हो ।

जसको अध्यक्षमा राम जनम चौधरी, उपाध्यक्ष दिल महमद देवान, सचिव प्रसान्त गैरो, कोषाध्यक्ष बलिराम साह कलवार र सदस्यहरु प्रदीप साह गोठ, जगदीस सहानी, जागेश्वर चौधरी चयन भएका छन ।