चन्द्रनगर गाउँपालिका सार्ने विषयमा स्थानिय बिभाजित

208
Friendship Mobile

चन्द्रनगर गाउँपालिकामा कार्यालय सार्ने विषयमा स्थानियहरु बिभाजित बनेका छन ।

एकथरीले गाउँपालिका यथा स्थानमा राख्नुपर्ने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका छन भने अर्का थरिले गाउँपालिका कार्यालय मध्य भागमा पर्ने गरि सार्नुपर्नु माग गर्दै प्रदर्शन गरेको छ । बुधवार वडा नं. १ र २ का स्थानियले गाउँपालिका सबैलाई पाएक पर्ने मध्य बिन्दुमा राख्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबैको बिच भागमा गाउँपालिका कार्यालय नराखेको भन्दै स्थानियहरुले गाउँपालिका अध्यक्ष महतो विरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर समेत प्रदर्शन गरेका छन । प्रदर्शनकारीले नाराबाजी गर्दै गाउँपालिका अध्यक्ष महतोको निजि निवासमा समेत ढुङ्गामुढा गरी तोडफोड गरेका स्थानिय युवा भाग्यनारायण गुप्ताले जानकारी दिए ।

गएको २१ गते वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ मा सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का स्थानियले गाउँपालिकामा ताला लगाएका थिए ।

प्रदर्शनकारीले गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु टुट्टा छुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धि प्रावधान कार्यन्वयन गर्नुपर्ने लगायतका माग गरेका छन ।