निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने

219
Friendship Mobile

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ ।

आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने नेसनल प्याब्सनले आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको छ । चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले गरेको निर्णय अनुसार आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको हो ।

नेसनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्ने जनाएको छ ।

विद्यालयले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालनका लागि केन्द्रले सहयोग गर्ने अध्यक्ष ऋतुराज सापकोटाले बताए ।