लायन्स क्लबले दियो निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री

381
Friendship Mobile

बाराको निजगढमा क्रियाशिल तीन वटा लायन्स क्लबले आईतबार निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

निजगढ ९ देउरालीपथस्थित अस्पताल परिषरमा पुगेर लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पीस, लायन्स क्लब अफ सिटीले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । क्लबले तीन सय २० थान मास्क र ४ सेट पीपीई अस्पताल सञ्चालन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका सचिव सागर दाहाल, सदस्य जगतकुमारी अधिकारी, माधव न्यौपाने, अस्पतालका डा.सतिस निरौला, डा मुना साह लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

त्यसैगरि लायन्स क्लबका जोन चेयर पर्सन विनोद खरेल, पाष्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ,लायन्स क्लब अफ निजगढ पीसका प्रेसिडेन्ट पवन श्रेष्ठ, लायन्स क्लब अफ सिटीका प्रेसिडेन्ट मनोज रेग्मी, लायन्स क्लब अफ निजगढ पीसका पाष्ट प्रेसिडेन्ट विकास लामा, पाष्ट प्रेसिडेन्ट खड्गप्रसाद उप्रेती, लायन्स क्लव अफ निजगढ पिसका भाइस प्रेसिडेन्ट रंजन लामिछाने, लायन्स क्लव अफ निजगढ सिटी का थर्ड भाइस प्रेसिडेन्ट दिलीप यादव, सेक्रेटरी मोहन राउत, लायन्स क्लब अफ निजगढ पिस का सेक्रेटरी सुदिप तिमल्सिना सहभागि थिए साथै पत्रकार उमेश सुनार,महेश्वर अधिकारी र इन्दिप कोइराला लगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब ले पहिले चरण भएको कोरोना कहरमा पनि यस निजगढ सामुदायीक अस्पताल प्रसूति गृहलाई सामग्री पिपिई लगायतका सामाग्री वितरण गरेको थियो ।