राज्यको सम्पुर्ण श्रोत साधन जनताको स्वास्थ्य सुरक्षामा लगाउ – राप्रपा झापा

257
Friendship Mobile
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कोरोना महामारीको नियन्त्रणमा सरकार गम्भीर हुन आग्रह गरेको छ।  कोरोना संक्रमण दिन प्रतिदिन  वृद्धि हुँदै गएको परिस्थितिमा  राज्यले  सम्पुर्ण श्रोत साधन जनताको स्वास्थ्य सुरक्षामा लगाउन राप्रपा झापा द्वारा आग्रह गरिएको हो।   
शुक्रबार जिल्ला अध्यक्ष केशब ओझा द्वारा हस्ताक्षरित प्रेश विज्ञप्ति जारि गर्दै राप्रपा झापाले  दैनिक दशौं हजारको संख्यामा संकैमित भईरहेको र दैनिक मृत्यू हुने नेपालीहरुको संख्यासमेत कहाली लाग्दो रुपमा बढ्दै गएको,  स्वास्थ्य जस्तो विषयमा ध्यान नदिदा मौलिक  हक हनन् भएको, विषम परिस्थितिको फाइदा उठाउदै उपचार महँगो हुदै गएको भन्दै सरकारलाइ तत्काल कदम चल्न भनिएको छ। 
चित्र:Logo RPP, Nepal.png - विकिपिडिया
 ‘ दैनिक उपभोग्य बस्तु लगायत औषधीजन्य सामग्रीमा भएको कालाबजारी र अनावस्यक मूल्य बृद्धि जस्तो कार्यलाई निरुत्साहित गर्न तथा कारवाहीका दायरामा ल्याउन सम्बन्धित निकायसँग राप्रपा झापा जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ।  
        
विज्ञप्तिमा भनिएको छ, ‘महामारीका कारण ज्यान गुमाउनु हुने सम्पुर्ण नेपालीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै लाखौको संख्यामा संक्रमित भई उपचार तथा एकान्तबास रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राप्रपा झापा शिघ्र स्वास्थ्यलाभको कामना गर्द साथै संक्रमित भई संक्रमण मुक्त हुनु भएका सम्पुर्णमा पुर्ण स्वास्थ्यलाभको कामना सहितबधाई ज्ञापन गर्दछौं ।’
 विज्ञप्तिको पूर्ण पाठ:
महामारीका रुपमा फैलिएको कोभिड १९ दोश्रो भेरियन्टको संक्रमण दिनानुदिन नेपालमा वृद्धि हुँदै दैनिकदशौं हजारको संख्यामा संकैमितभईरहेको र दैनिक मृत्यूहुने नेपालीहरुको संख्या समेत कहालीलाग्दो रुपमा बढी रहेको वर्तमानअवस्थामा स्वास्थ्य सुरक्षा जस्तो नागरिकहरुको मौलिकहकप्रति राज्यको सम्पुर्ण श्रोत साधनजनताको स्वास्थ्य सुरक्षामा लगाउन ध्यान जाओस भनि जोडदार माग गर्दछौं ।
यस्तो विषम परिस्थितीमा एकातिर महंगो उपचार त छदैंछ । दैनिक उपभोग्य बस्तु लगायत औषधीजन्य सामग्रीमा भएको कालाबजारी र अनावस्यक मूल्य बृद्धि जस्तो कार्यलाई निरुत्साहित गर्न कारवाहीका दायरामा ल्याउन सम्बन्धित निकायसँग राप्रपा झापा जोडदार माग गर्दछ ।
यस महामारीकाकारण ज्यानगुमाउनु हुने सम्पुर्ण नेपालीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै लाखौको संख्यामा संक्रमित भई उपचार तथा एकान्तबास रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राप्रपा झापा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ साथै संक्रमित भई संक्रमण मुक्त हुनुभएका सम्पुर्णमा पुर्ण स्वास्थ्यलाभको कामना सहित बधाई ज्ञापन गर्दछौं ।
यस विषम परिस्थितीमा महामारी विरुद्ध सचेतना फैलाउने तथा संक्रमितहरुको आत्मबल बढाउने र असहजतामा रहेका दाजुभाई, दिदीबहिनीहरुलाई सहयोग गर्ने कार्यमा पार्टी संम्बद्ध सबै इकाईका साथीहरुको कृयाशिलतालाई सम्मान गर्दै आगामी दिनमा समेत आफु सुरक्षित रहदैं परिचालित हुन आव्हान गरिन्छ ।
        सरकार, सरकारका निकाय, विभिन्न सामाजिक संघ संस्था, स्थानिय निकाय तथा नागरिक समाजसँग महामारि विरुद्धका हरेक अभियानमा राप्रपा झापा सहकार्यको निमित्त प्रतिवद्ध रहेको जानकारी गराउँदै आमनागरिकहरुमा समेत यो महामारि विरुद्धको अभियानलाई सफलबनाउँन केहि हप्ता घरमै बसी संक्रमण न्यूनगर्ने कार्यमा सहयोग गरिदिन हुन अपिल गर्दछौं ।
    अन्यमा:-  पुन:  नागरिकको स्वास्थ्यको अधिकार सुनिस्चितगर्ने कार्यमा सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै महंगी, कालाबजारी, औषधीजन्य बस्तुको अभाव नियन्त्रण गर्ने कार्यमा ध्यान केन्द्रित गर्दै खोप तथा अक्सिजन जस्ता सामाग्रीको आपुर्तीमा सहजताकालागी यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।
No description available.