युथ अफ निजगढ द्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

415
Friendship Mobile

बारा /

निजगढ नगरपालिका वडा नं १० लाल मा भएको आगलागी पीडित मोती माया स्याङ्तान लाई युथ अफ निजगढ ले रु १११११/- आर्थिक सहयोग गरेको छ ।

जेठ ३ गते राति विद्युत सर्ट भई लागेको आगो ले घर सहित घरमा भएको किराना पसल समेत खरानी पारेको थियो । उक्त आगलागी बाट लगभग ८ लाख बराबरको धनमाल नष्ट भएको र २ तोला सुन पनि भित्रै परेको थियो पछि जलिसकेको ठाउँमा गलेको अवस्थामा फेला परेको स्थानिय समाजसेवी कुमार मोक्तानले बताउनु भयो।

घर जल्ने बित्तिकै रेडक्रस सोसाइटी निजगढ शाखा ले एक सेट बन्दबस्तिका सामान हस्तान्तरण गरिएको थिए।त्यसैगरी दीनानाथ शाहले चामल, नुन,तेल गरी ४०००/- बराबरको सामान हस्तान्तरण गर्नुभएको थियो।

उक्त हस्तान्तरण वडा अध्यक्ष पदम बहादुर मोक्तान को रोहबरमा युथ अफ निजगढ का अध्यक्ष इराज कोइरालाले नगद रु १११११/- हस्तान्तरण गर्नुभएको थियो ।उक्त हस्तान्तरण कार्यक्रममा युथ अफ निजगढ का संस्थापक अध्यक्ष खड्ग राज मैनाली , उपाध्यक्ष उषा थापा मगर , सल्हाकार भाइकाजी श्रेष्ठ ,सचिव प्रकाश काफ्ले , पत्रकार मनिता पाण्डे लगायत को उपस्थिति रहेको थियो।

विपद्को समयमा जहिले पनि यूथ अफ निजगढ ले सहयोग गर्दै आइरहेको छ र अन्य सामाजिक सेवामा जहिले पनि अग्र पङ्तिमा रहने कल्बका अध्यक्ष इराज कोइरालाले बताउनुभयो ।