लालबन्दीका न्युन आय भएका ३० घर बिपन्न परिवारलाई बाख्रा बितरण

352
Friendship Mobile

लालबन्दीका ३० घर बिपन्न परिवारलाई बुधवार बाख्रा बितरण गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १३ र १७ का ३० घर बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो । लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको संयुक्त आयोजना ति दुई वडाका बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो ।

न्युन आर्जन भएका १३ र १७ नम्बर वडाका १५/१५ परिवारका लागी दुबै वडाको संयोजनमा १/१ ओटाका दरले बाख्रा बितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका जोन चियर पर्सन राज कुमार न्यौपानेले जानकारी दिनुभयो ।

लायन्स क्लब इन्टरनेस्नलका पाष्ट काउन्सिल चियर पर्सन (पिएमसिसि) भरत प्रसाद ढुंगेलको विशेष पहलमा तथा वडा नम्बर १३ का वडाध्यक्ष शिवकृष्ण वैद्य र १७ का नवराज अधिकारीको रोहबरमा न्युन आय भएका बिपन्न परिवारको जिवनस्तर उकास्नका निम्ति बाख्रा बितरण गरिएको हो । बितरित बाख्राबाट उत्पादन भएको पहिलो बच्चा लायन्स क्लबमार्फत सोही स्थानका अन्य विपन्न परिवारलाई वितरण गरिने छ ।

हाललाई २ ओटा वडामा बाख्रा बितरण गरिएको भएपनी आगामि दिनमा अन्य वडाका बिपन्न परिवारका लागी पनि बाख्रा बितरण गर्ने योजना रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका चार्टर प्रेसिडेन्ट दिपेन्द्र अधिकारी बताउँछन । उनका अनुसार लायन्स क्लबले वितरण गरेका बाख्राको बिमा गरिएको छ भने सम्बन्धीत वडा कार्यालयबाट पशु सेवा चिकित्सकको समेत व्यवस्था गरिएको छ ।