सर्लाहीमा पोखरिमा डुबेर ३० बर्षिय माझिको ज्यान गयो

196
Friendship Mobile

सर्लाहीको हरैयामा पोखरिमा डुबेर ३० बर्षका भुरकुर माझिको ज्यान गएको छ । मंगलवार राती करिव पौने ९ बजेको समयमा उनी पोखरिमा डुबि बेपत्ता भएका थिए ।

हरिपुर नगरपालीका ५ मा रहेको सार्वजनीक पोखरिमा स्थानिय रामपृत माझिका छोरा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि ईलाका प्रहरि कार्यालय हरिपुरबाट र नेपाली सेनाको अगर्वा गणबाट गएको टोलीले जाल हानी शव निकालेका थिए । हरिपुरबाट गएको १५ जना प्रहरि र १९ जना नेपाली सेनाको टोलीले बुधवार करिव ११ बजेको समयमा पोखरिमा जाल हानी खोजतलास गर्ने क्रममा मृतकको शव भेटिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि निरिक्षक कृष्ण गिरीले बताए ।

मृतकको मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएका छन ।