बाराको निजगढमा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन

293
Friendship Mobile

बाराको निजगढ–८ मा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ । निजगढ ८ को गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा संस्था गठन भएको हो । वि.स. २०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना  संस्था दर्ता सदस्यमा समेटिएका छन् । संस्था दर्ता सदस्यहरुमा २०४६ व्यजी बाट निजगढ नगरपालिका का मेयर शुरेश खनाल, २०३८ बाट गौरी शंकर मा.वि. का पूर्व प्रद्यापक रामकुमार शर्मा दाहाल , २०४२ व्याजीबाट विनोद कुमार भारती,२०४३ व्यजीबाट उद्योग वाणिज्य संघ का अध्यक्ष रामकृष्ण नेपाल, २०४१ बाट वडा नं ८ का वडा अध्यक्ष तथा वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेक बहादुर लामा,२०३७ बाट उद्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष ज्ञानेन्द्र चौलागाई, सहकारीका पूर्व अध्यक्षहरु केदार खरेल ३९ बाट, सुशील खनाल ४०बाट, प्रमोद सिग्देल ४४ बाट समेटिएको संयोजक खड्गराज मैनालीले जानकारी दिनुभयो ।

संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।

सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक पद्मराज तिमल्सिना, प्रशासन अधिकृत रविन घिमिरे लगायतको सहभागि थिए । संस्थागत सेयर आह्वान गर्ने तयारी भईरहेको संयोजक मैनालीले जानकारी दिए । उनका अनुसार सदस्यले  न्यूनतम २५१ कित्तादेखि एक हजार कित्तासम्म सेयर खरिद गर्न सक्नेछन् । ४ हजार सदस्य पुर्याएर १० करोड चुक्ता पुँजी संकलन गर्ने उद्देश्यले संस्था अघि बढाईने संयोजक मैनालीले बताए । संस्थाको सेयर वन्न गौरीशंकरमा नपढेकालाई पनि समेट्ने उनले जानकारी दिए । 

इन्टरनेटको माध्यमबाट नगदरहित कारोबारको विकास गर्ने र निजगढको केरा खेतीबाट रोजगारी र अवसर सृजना गर्न कच्चा पदार्थलाई समेत प्रयोगमा ल्याउने सहकारीले लगानी केन्द्रित गर्ने बताए ।

संस्थाले मुख्य राजमार्गसंगै जोडिएको निजगढ ८ शहीदचोकस्थित प्राईम बैंक रहेको भवनमा कार्यालय स्थापना गरेको छ ।