सर्लाहीको २ पालीकामा जनप्रतिनिधिहरुका लागी बाल अधिकार सम्बन्धि तालीम

449
Friendship Mobile

सर्लाहीको दुई ओटा पालीकाका जनप्रतिनिधिहरुका लागी बाल अधिकार सम्बन्धि ३ दिने तालीमको आयोजना भएको छ । जिल्लाको हरिपुर्वा नगरपालीका र पर्सा गाउँपालीकाका जनप्रतिनिधिहरुका लागी बागमती सेवा समाज नामक संस्थाको आयोजनामा मंगलवारबाट तालीम सुरु भएको हो ।

तालीमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तालीमको उद्घाटन सत्रमा बोल्दै हरिपुर्वा नगरपालीकाका प्रमुख सियाराम रायले बालबालिकाको अधिकार संरक्षण र संवद्र्धनका लागि प्रतिवद्ध भएर लाग्ने सँगै आवश्यक नीति नियमहरु तयार गर्दै अगाडि बढ्ने बताए ।

त्यस्तै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले बालबालिकाको संरक्षण हामी सबैको पहिलो कर्तब्य भएकोले बाल अधिकार कार्यविधि लगायतका ऐन, नियम तयार पारेर बाल अधिकारको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाए ।

बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेसनलको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्सँगको समन्वयमा आयोजना गरिएको तालिममा बाल अधिकारको संस्थागत विकास र प्रणाली सबलीकरणलाई स्थानीय तहमा कसरी सँगै लैजाने भन्ने विषयहरुमा छलफल भइरहेको आयोजक संस्थाका अध्यक्ष भरतकुमार कार्कीले जानकारि दिए ।

भोली बिहिवारसम्म चल्ने तालिमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश नं. २ का समन्वय अधिकारी संजिव महतोले गरिरहेका छन । तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालअधिकार समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।