विप्लव नेतृत्व नेकपाको लालबन्दी नगरभेला सम्पन्न

403
Friendship Mobile

सर्लाहीको लालबन्दीमा शनिवार नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगरभेला सम्पन्न भएको छ । भेलाले नयाँ नेतृत्व चयन सँगै विविध कार्यक्रम गरेको छ ।

भेलाले कार्यक्रममा लालबन्दी नगरबाट १० वर्षे जनयुद्धमा आफ्नो ज्यान क्रान्तिमा अर्पण गर्नुभएका महान सहिद कमल माझी, गौरव, विक्रम सरकार र माधवका परिवारलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।

भेलामा नेपाल कम्युनिष्ट पार्टीका सर्लाही रौतहट जिल्ला इन्चार्ज समर शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा सर्लाही जिल्ला सेक्रेटरी हिमाल, पूर्व सेक्रेटरी जनक राउत, महोत्तरी जिल्ला सेक्रेटरी पवन महतो, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य किशुन देव शर्मा क्रान्तिकारी, ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पदम मगर, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रमिला राउत लामा, ट्रेड युनियन महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष रामप्रसाद, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक अर्पण पौडेल, लगायत जिल्ला भित्रका विभिन्न नगरका नगर सेक्रेटरीहरु रहेका थिए ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि शाहीले माकर््स, माओसम्मको क्रान्तिबारे संक्षिप्त बयान गरी सो महान् हस्तीका सिद्धान्तलाई नविकरण गरेर एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउने बताए । कार्यक्रमको सञ्चालन जनस्वास्थ्यकर्मी महाहंघका पूर्व महासचिव मनर बहादुर थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जनक राउतले राखेका थिए भने अन्य जिल्ला कमिटी सदस्यहरुले क्रमश आफ्नो मन्तव्य राखेका थिए । नगर भेलाले शरण विकको नेतृत्वमा सारदा सुस्लीङ, कुमार राउत, गणेश लगायत २१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।