२०८३ जेष्ठ २४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २४ आईतवार

राप्रपा बारा क्षेत्र नं. १ क अध्यक्षमा भक्त दर्लामी सर्वसम्मत चयन

निजगढ/ बारा

राष्ट्रिय प्रजातन्त्र पार्टी बारा क्षेत्र नं १ क को अधिवेशन सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नं ९ को गौरीशंकर क्याम्पसमा असोज २० गते भएको अधिवेशनमा भक्त दर्लामी सहित २१ सदस्य सर्वसम्मत चयन भएको हो ।
कार्यक्रम राप्रपा निजगढ नगर कार्य समिति को आयोजनामा भएको कार्यक्रममा निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रदाद उप्रेती को सभाध्यक्षमा भएको थियो तथा कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय निर्देशन समिति का सदस्य मोहन यादव थिए भने विशिष्ठ अथिति केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल रहेका थिए । अतिथि केन्द्रिय कार्य सम्पादन समितिका सदस्य द्वय गिरिधारी चौधरी र विनोद कुमार भारती तथा अथिति जिल्ला कार्य समितिका कार्यकारी अध्यक्ष राज नारायण शाह ,जिल्ला अध्यक्ष भरत मल्ल ,जिल्ला उपाध्यक्ष शिव प्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम मा स्वागत मन्तव्य जिल्ला सहसचिव वाशु देव तिमल्सिना ले गरेका थिए भने कार्यक्रम सञ्चालन निजगढ नगर कार्य समितिका सचिव राजेन्द्र सापकोटाले गरेका थिए । प्रदेश अधिवेशन बारा जिल्ला निर्वाचन समितिका संयोजक सचिता नन्द तिवारी को रोहबरमा भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।