१०० सिसिको प्लाटिना किन्दा १० लाख

176
Friendship Mobile

बजाजको प्लाटिना मोटरसाईकल किन्दा नेत्रगञ्जका बिट्टु कुमार गुप्ताले १० लाख रुपैयाँ जित्नुभएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर २ नेत्रगञ्ज बस्ने गुप्ताले बजाजको १०० सिसिको प्लाटिना मोटरसाईकल खरिद गरेका थिए ।

उनले ‘दशैँ तिहार अफर अन्तर्गत लक्कि ड्र’ मार्फत गुप्ताले १० लाख रुपैयाँ जितेका रितीक ईन्टरप्राईजेज प्रा.लि.बजाज स्वरुम लालबन्दीका शाखा प्रमुख समिर साप्कोटाले जानकारि दिनुभयो ।

१० लाख बिजेता गूप्तालाई शनिवार उद्योग वाणिज्य संंघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, बजाजका जेनेरल म्यानेजर रामेश्वर घिमिरे लगाएतको उपस्थितीमा चेक प्रदान गरिएको थियो ।