हाँस्य कलाकार गजुरेलले बिवाह गरे

167
Friendship Mobile

एक्लो जिवन बिताईरहेका हास्य कलाकार मनोज गजुरेलले जोडि बाँधेका छन । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमवार विवाह गरेका छन ।

उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरुले विवाह गरेको जानकारी गराएका छन ।

उनिहरुको बिवाह सोमवार बिहान डोलेश्वर महादेवको मन्दिरमा भएको हो । कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बृद्धबृद्धालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद ब्यक्त गरे ।

यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको ४ बर्ष अघि कानुनीरुपमा सम्बन्धविच्छेद भएको थियो ।