दुर्घटनामा गम्भिर घाईते परवानीपुरका पुर्व गाबिस अध्यक्ष बुडाथोकीको निधन

1,256
Friendship Mobile

करिव १० दिन अघि मोटरसाईकल दुर्घटनामा पर्नुभएका परवानीपुरका पुर्व गाबिस अध्यक्ष एवं कांग्रेस नेता जतन बुडाथोकीको मृत्यू भएको छ । दुर्घटनामा परि गम्भिर घाईते हुनु भएका बुडाथोकीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको थियो ।

दुर्घटना लगत्तै अचेत अवस्थामा अस्पताल पु¥याएपनी अन्तिम दिनसम्म उहाँको होस खुलेको थिएन । यहि असोज महिनाको १५ गते राती ८ बजेतिर रानीगञ्जबाट परवानीपुरतर्फ जाने क्रममा एकै दिशामा गईरहेका मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

लालबन्दी नगरपालीका वडा नम्बर १७ रानिगञ्जबाट वडा नम्बर १६ परवानीपुरतर्फ जाँदै गरेको देविचरण न्यौपानेले चलाएको ना५६प ३७९१ नम्बरको मोटरसाईकल र सोहि दिशातर्फ जाँदै गरेको बिष्णुमणि घिमिरेले चलाएको प्रदेश २ ०३–००७ ८३४७ नम्बरको पल्सर मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।

२ ओटा मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृतक नेता बुडाथोकी सहित ५ जना घाईते भएका थिए ।

मृतक वुडाथोकीको शवलाई आज बिहान १० बजे पोस्टमार्टम गरि परवानीपुर ल्याईने पारिवारिक श्रोतले जानकारि दिएको छ । शव दाहसंस्कार परवानीपुर नै गर्ने कि बागमतीमा भन्ने बिषयमा भने अन्योल रहेको बुझिएको छ ।