‘सर्लाही आइडल नोबेल पुरस्कार २०७८’ प्रतियोगीता हुँदै

390
Friendship Mobile

गीत संगीतमा रुचि राख्नेहरुका लागी सर्लाही जिल्लामा पहिलोपटक ‘सर्लाही आइडल नोबेल पुरस्कार २०७८’ नामको सांगीतिक रियालिटी शो हुने भएको छ ।

जिल्लाका २० वटै स्थानीय तहमा छरिएका स्थानीय प्रतिभालाई चिनाउने र उनीहरूमा लुकेर रहेको गायन कलालाई उजागर गर्ने उद्देश्यले प्रतियोगीता हुन लागेको हो ।

‘विसेस सर्लाही’ नामक संस्थाले यही कात्तिक १३ गतेदेखि अडिसन राउन्ड गर्ने छ ।

प्रतियोगितामा जिल्ला भित्रका महिला तथा पुरुषले भाग लिन पाउने छन् । प्रतियोगितामा प्रतियोगीहरुले नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषाको गित गाउन पाउने छन् ।

अडिसन जिल्लाको २० वटै पालिकामा छुट्टाछुट्टै हुने बताईएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई क्रमशः नगद रु ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँको साथै पदक तथा शिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।