परवानीपुरमा ३५ सदस्यिय वडा कमिटि गठन

262
Friendship Mobile

क्षितिज बिश्वकर्मा : सर्लाहीको लालबन्दी नगरपालीका १६ परवानीपुरमा आईतवार नेकपा एमालेको वडा कमिटि गठन भएको छ ।

एमालेको स्थानिय नेता एवं वडासदस्य समेत रहेका ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं लालबन्दी नगरपालीका प्रमुख मान बहादुर खड्का, प्रदेश कमिटि सदस्य रेवती पन्त, लालबन्दी नगर उप–प्रमुख शान्ती लामा, आभुषण चौलागाईं, प्रकाश थापा, पबित्रा घिमिरे, भरत गौतम, बलराम खड्का लगाएत अतिथी रहेका थिए ।

भेलाले ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी गठन गरेको छ । करिव ३०० जना एमाले नेता कार्यकर्ता उपस्थित कार्यक्रममा २५ जना एकल महिला तथा ३६ जना अपांग एवं बृद्धबृद्धा गरि ६१ जनालाई सम्मान गरिएको नेकपा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य भरत गौतमले जानकारि दिनुभयो ।

भोर्लेनीस्थित सिद्धेश्वर मन्दिरको प्रांगणमा भएको कार्यक्रम मार्फत सर्वसम्मत चयन गरिएको वडा कमिटिले भोली सोमवारदेखि नै पार्टीको सुद्धिकरण र सुधिृढिकरणको काम थाल्ने श्रोतले बताएको छ ।

कार्यक्रमको संचालन एवं संयोजन समेत गरेका जिल्ला कमिटि सचिवालय सदस्य गौतमले आईतवार हुने कार्यक्रमलाई बिथोल्नका लागी नेकपा एकिकृत समाजवादी पार्टीका स्थानिय नेता कार्यकर्ताहरु हात धोएर लागीपरेका बताएका छन । शनिवार रातभरि गाउँ गाउँ पसेर एमालेका नेता कार्यकर्तालाई भाँड्नका निम्ति नेकपा (एस)का जिल्ला सचिव लगाएतका ब्यक्तिहरुले असफल प्रयास गरेको गौतमले जानकारि दिए ।