राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर

190
Friendship Mobile

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढि संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।

आयोगले वरिष्ठ प्रबन्धक सहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो । सोमबार देखि अनलाइन आवेदन भर्न सकिन्छ ।

बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत् अन्य विभिन्न पदमा गरी आठ सय ३५ जना आयोगले मागेको छ । मंसिर पाँच गते भित्र फारम भरिसक्नु पर्नेछ ।