एमाले लालबन्दी ७ नम्बर वडा कमिटिको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न


सर्लाहीको लालबन्दीमा नेकपा एमालेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दीको वडा नम्बर ७ ले बुधवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
नेकपा एमाले वडा ७ नम्बर वडा कमिटिका अध्यक्ष राम दरेश चौधरिको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेतृ एवं लालबन्दी नगरपालीकाकी उप–प्रमुख शान्ति लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले नेताहरु आभुषण चौलागाईं, प्रभु नारायण सिवाकोटी, कमल पौडेल, उत्कला ढुंगेल सहित पार्टीको वडा कमिटिका पदाधिकारिसहित एमालेका सयौँ स्थानिय नेता कार्यकर्ताहरु सहभागी भएका ७ नम्बर वडा कमिटिले जानकारि दिएको छ ।