कृषि मन्त्री यादवले गरे त्रिभुवननगरमा नवनिर्मित विवाह भवनको उद्घाटन

340
Friendship Mobile

सर्लाही जिल्लाको ब्रहम्पुरि गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको रामजानकी मन्दिर परिसरमा नवनिर्मित विवाह भवनको एक कार्यक्रमका बीच भव्यताका साथ उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भवनको उद्घाटन गरेका हुन् ।

त्यस्तै मन्त्री यादवले शनिबारकै दिन सर्लाही जिल्लाको ब्रह्मपुरि नयाँ शहर आयोजना अन्तर्गत ‘भेल्हि– त्रिभुवननगर सडक निर्माण आयोजना’ को शिलान्यास समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, जसपाका केन्द्रीय सदस्य भाग्य नारायण राय, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नगरपालीकाका मेयर कौशल किशोर यादव, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।