बहुजन एकता पार्टी नेपालको प्रथम जिल्ला सम्मेलन मलंगवामा सम्पन्न

167
Friendship Mobile

बहुजन एकता पार्टी नेपालको प्रथम जिल्ला सम्मेलन आईतवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

बहुजन एकता पार्टी नेपालका जिल्ला अध्यक्ष सुबोध पासवानको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको प्रमुख आतिथ्यतामा मलंगवा १० स्थित तिनबिघे मैदानमा सम्मेलन सम्पन्न भएको हो ।

हजारौं महिला तथा पुरुषहरुको सहभागीता रहेको सम्मेलनलाई विशिष्ठ अतिथि राजाराम पासवान, केन्द्रीय सदस्य जितेन्द्र राम, जितेन्द्र साह, सत्यनारायण महरा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको आयोजना जिल्ला कार्यसमिति सर्लाहीले गरेको पार्टीका बरिष्ट नेता राजाराम पासवानले जानकारि दिए ।