दुई गुटको विवादले कांग्रेसको वडा अधिवेशन अनिश्चित

169
Friendship Mobile

सर्लाही | नेपाली कांग्रेसको अधिवेशन कहिले हुन्छ भन्ने टुंगो अझै लाग्न सकेको छैन । निर्वाचन गराउन नियुक्त भएका निर्वाचन अधिकृत विनोद कार्कीले निर्वाचन गराउने वातावरण नभएको भन्दै राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो ।

कार्कीको राजीनामा पछि दिवाकर पाण्डे निर्वाचन अधिकृतको रुपमा जिल्लामा आएका छन । उनले जिल्लामा देखिएको कांग्रेसको दुबै धारसँग सहमतीको लागी समन्वय गरिरहेका छन ।

अहिले निर्वाचन अधिकृतको सचिवालय कहाँ रहने भन्ने बिषयमा नै विवाद देखिएको छ । केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत पाण्डे अहिले मलंगवा १० स्थित कुसुम पार्टी प्यालेसमा बसिरहेका छन ।

पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले निर्वाचन अधिकृत होटलमा बसे जिल्ला सभापतिको अनुकूल हुने र अधिवेशन निष्पक्ष नहुने तर्क गरेका छन । तर जिल्ला सभापति नागेन्द्र कुमार राय भने अधिकृत होटलमै बस्नुपर्ने अडानमा छन ।

दुई गुटको विवादले गएको शनिवार नै हुनुपर्ने काँग्रेसको वडा अधिवेशन नै अनिश्चित बनेको छ ।