प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्लाहीमा पनी कानुन व्यवसायीहरु आन्दोलीत

169
Friendship Mobile

सर्लाही | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्लाहीमा पनी कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् ।

जिल्ला अदालत बार एसोसिएसन सर्लाहीको आयोजनामा कानुन व्यवसायीहरुले अदालतको मुल गेट अगाडी बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिएका हुन् ।

सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा वर्तमान न्यायपालिका भित्रको बिसंगती सुधारको वाधक बनेकोले उनको राजिनामाको माग गर्दै केन्द्रीय बार एसोसिएसनले गरेको परिपत्र अनुसार हिजोदेखि भोलीसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने जिल्ला अदालत बार एसोसिएसन सर्लाहीका अध्यक्ष नरेश कुमार चौधरीले बताए ।

‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी रहेको बताउँदै न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अधिवक्ता रामबदन प्रसाद साहले भने ।

भोली मंगलबार पनि जारी रहने धर्नामा जिल्लाका ३ दर्जन बढी कानुन व्यवसायीहरुको सहभागीता रहेको छ ।