२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

मनतातो पानी पिउनुका फाइदा

एजेन्सी । जाडोमा मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । मनतातो पानीले निद्राबाट उठेपछिको सिथिल शरीरमा ऊर्जा दिने काम गर्छ । जसले गर्दा हामीलाई बिहानको नित्यकर्म गर्न सजिलो हुन्छ ।

जानौं न त मनतातो पानीका फाइदाहरु के कस्ता छन् : 

  • उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्व पिसाबसँगै बाहिर जान्छन् ।
  • शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदी तपाईंले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या कम हुन्छ ।
  • बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ ।
  • घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
  • तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पुर्‍याउँछ ।
  • प्रायः महिला महिनाबारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो बेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा फाइदाजनक हुन्छ । यसले टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।