२०८३ कार्तिक १० सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १० सोमबार

लामो समय बिद्यालय बन्द रहँदा फुर्सदिला भएका बिद्यार्थी लागुऔषध दुर्व्यसनीमा फस्दै

रौतहटका अधिकांस विद्यालय पढ्ने उमेरका विद्यार्थीहरु लागुऔषध दुर्व्यसनीमा फस्ने गरेको पाइएको छ ।

लकडाउनले लामो समयदेखि विद्यालय बन्द रहँदा रौतहटका विद्यार्थी कुलतमा फसेका स्थानिय बताउँछन । रौतहटको चन्द्रपुर नगरपालिकाको दुर्गा मा.वि. ठाडा टोलका प्रधानाध्यापक नारायण बहादुर कार्कीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको समेत बताउनु भयो ।

रौतहटमा विद्यालय बन्द भएको करिव आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएकै कारण गलत सङ्गतमा फसेका श्रोतको बुझाई छ । जिल्लामा लागुऔषधका रूपमा गाँजा, अफिम र उत्तेजना दिने पदार्थको प्रयोग बढि हुने गरेको रौतहट प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ ।

साथीको दबाब, मनोरञ्जन, एक्लोपना र तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो रौतहटले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रौतहटको तथ्याङ्कमा वि.सं २०७५/७६ मा विद्यालय छोड्ने विद्यार्थीको संख्या लगभग १० प्रतिशत रहेको जनाइएको छ । यद्यपि लागु औषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग नरहेको शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका प्रमुख राम विनय सिंहले बताउनु भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।