२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा सुरक्षा सतर्कता बढाइयो

संसद् विघटनको पक्ष र विपक्षमा दिनहुँ बढ्दो प्रदर्शन र नजिकिँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ ।  

संघीय संसद् विघटनपछि बद्लिँदो राजनीतिक घटनाक्रमलाई ख्याल गर्दै जिल्लाका मुख्य–मुख्य व्यापारिक केन्द्रहरु तथा ग्रामीण भेगमा समेत सुरक्षा सतर्कता बढाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी CDO सुरेन्द्र पौडेलले बताए । उनले संसद् विघटन तथा आगामी बैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्ष तथा विपक्षमा प्रदर्शन भइरहेका स्थलहरुमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको जानकारी दिए ।

निर्वाचनको तयारी अघि बढ्दै गर्दा स्थानीय प्रशासन थप चनाखो हुन थालेको छ । जिल्लामा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओली समूहले संसद् विघटन र निर्वाचनको माहोल सिर्जना गर्ने गरी त्यसको पक्षमा प्रदर्शन गर्दै आएको छ । यस्तै, नेकपाको अर्को खेमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले भने संसद् विघटनको विरोधमा दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् ।

जिल्लामा पछिल्ला दिनहरुमा राजाका समर्थकहरुले पनि ठाउँ–ठाउँमा कार्यक्रमहरु गरिरहेका छन् । त्यस्ता गतिविधीलाई विष्लेषण गरी सुरक्षा सतर्कता बढाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताए ।

अहिले राजनीतिक दल तथा अन्य पक्षको प्रदर्शनका कार्यक्रमहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी बाक्लो मात्रामा परिचालित हुने गरेका छन् । माथिल्लो निकायबाटै सबै सुरक्षा निकायहरुलाई अलर्ट अवस्थामा रहन निर्देशन प्राप्त भएको जिल्लाका एक सुरक्षा अधिकारीले बताएको उज्यालो अभियानमा खबर छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।