२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

पन्जाबसँग बेंगलोर ८ विकेटले पराजित

काठमाडौं : किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ। बिहिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको हो।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे। जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए । बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो। 
जसमा विराट कोहलीले सर्वाधिक  ४८ रन बनाए।  पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २/२ विकेट लिए। 

जिते पनि किंग्स इलेभेन पन्जाब अंकतालिकाको पुछारमै रहेको छ।  पन्जाबको ८ खेलमा ६ मा हार र २ मा जित सहित ४ अंक रहेको छ। बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्र्तगत शुक्रवार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।