२०८३ आश्विन २३ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २३ शुक्रबार

प्रचण्ड गौतमका ५ मुक्तक

लाटोले लाटोकै भाषामा बोल्छ मुखमा बुझो लाउन नखोज्नु
यो स्वार्थी दुनियाँमा कहीँ कसैबाट माया प्रेम पाउन नखोज्नु !
इर्ष्या लोभ घमण्ड र अहमको विचित्र संसारमा रुमलिएको छ
अरुको सपनाको महल देखेर आफुपनि सपना सजाउन नखोज्नु !

मलाई यो शहर मान्छेको रहरले उजाडिएको वन जस्तो लाग्छ
इच्छा चाहाना र तृष्णाले गर्दा मान्छेको घृणित मन जस्तो लाग्छ
किन हो हिजो आज एकान्तमा आफुले आँफैलाइ सोचि रहन्छु
म आँफैलाई एक मौनतामा अल्झिएको जीवन जस्तो लाग्छ !

त्यो नदिमा जस्तै मन बग्ने कुनै नाउ भेटिएन
अविरल बग्यो नदी झैं पुग्ने कुनै ठाउँ भेटिएन
कछुवाको चालमा सुस्त सुस्त हिंडी नै रहेको छु
मनको भारी बिसाएर बस्ने कुनै गाउँ भेटिएन !

गरिबको पैतला खुकुरीको धारमा टेकिनु पर्छ
उ साबुन हो अरुलाई चम्काउनलाई मेटिनु पर्छ ​
सधैं आयो मजदुर दिवस मजदुरको दिन आएन
जसरी मालिकलाई मनाउन मजदुर रित्तिनु पर्छ !

अनौठो मौनताको संम्वादले पनि बिथोल्ने रहेछ यो मन
यो चिसो हावाको उन्मादले पनि बिथोल्ने रहेछ यो मन
म आफुले आफैँलाई नियाल्दा पत्थर हुँ जस्तो लाग्थ्यो
तर किन अचेल तिम्रो यादले पनि बिथोल्ने रहेछ यो मन !

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।