२०८३ आश्विन २३ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २३ शुक्रबार

दुर्घटनामा गम्भिर घाईते परवानीपुरका पुर्व गाबिस अध्यक्ष बुडाथोकीको निधन

करिव १० दिन अघि मोटरसाईकल दुर्घटनामा पर्नुभएका परवानीपुरका पुर्व गाबिस अध्यक्ष एवं कांग्रेस नेता जतन बुडाथोकीको मृत्यू भएको छ । दुर्घटनामा परि गम्भिर घाईते हुनु भएका बुडाथोकीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको थियो ।

दुर्घटना लगत्तै अचेत अवस्थामा अस्पताल पु¥याएपनी अन्तिम दिनसम्म उहाँको होस खुलेको थिएन । यहि असोज महिनाको १५ गते राती ८ बजेतिर रानीगञ्जबाट परवानीपुरतर्फ जाने क्रममा एकै दिशामा गईरहेका मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

लालबन्दी नगरपालीका वडा नम्बर १७ रानिगञ्जबाट वडा नम्बर १६ परवानीपुरतर्फ जाँदै गरेको देविचरण न्यौपानेले चलाएको ना५६प ३७९१ नम्बरको मोटरसाईकल र सोहि दिशातर्फ जाँदै गरेको बिष्णुमणि घिमिरेले चलाएको प्रदेश २ ०३–००७ ८३४७ नम्बरको पल्सर मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।

२ ओटा मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृतक नेता बुडाथोकी सहित ५ जना घाईते भएका थिए ।

मृतक वुडाथोकीको शवलाई आज बिहान १० बजे पोस्टमार्टम गरि परवानीपुर ल्याईने पारिवारिक श्रोतले जानकारि दिएको छ । शव दाहसंस्कार परवानीपुर नै गर्ने कि बागमतीमा भन्ने बिषयमा भने अन्योल रहेको बुझिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।