२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

गैर–इस्लामिक भन्दै पाकिस्तानले हटायो बलात्कारीलाई नपुंसक बनाउन सक्ने व्यवस्था


सर्लाही| पाकिस्तानको सरकारले अदालतले बलात्कार गरेको ठहर गरेका व्यक्तिलाई नपुंसक बनाउने कानुन फिर्ता लिएको छ। पाकिस्तानले ल्याएको बलात्कारसम्बन्धी विधेयकको यो प्रावधानविरुद्ध विभिन्न संगठनले विरोध गरेका थिए।

यो नियम इस्लामिक मान्यताविपरीत रहेको भन्दै उनीहरुले यसलाई सच्याउन माग गरेका थिए। त्यसैअनुसार पाकिस्तानले यो प्रावधान हटाएको हो। 

पाकिस्तानमा एकपटकभन्दा धेरै बलात्कार गरेको पुष्टि भए नपुंसक बनाउन सक्ने किसिमको नियम बुधबार संसदबाट पारित भएको थियो। पाकिस्तान सरकारले यो बलात्कारविरुद्ध कडा कदम चाल्न यो कानुन ल्याइएको बताएको थियो। 

यो कानुनमा पाकिस्तानको संवैधानिक निकाय काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सीआईआई)ले आपत्ति जनाएको थियो। पाकिस्तानका कानुनमन्त्रीले यो कानुन इस्लामविरोधी रहेको भन्दै हटाइएको बताएका छन्।

आलोचकहरुले भने पाकिस्तानमा चार प्रतिशतभन्दा कम मुद्दामा मात्र दोषी सिद्ध हुने गरेको भन्दै यो कानुन प्रभावहीन हुने बताएका थिए। त्यस्तै पाकिस्तानको सरकारले बलात्कारको मामिलामा पीडितलाई सहज हुने किसिमको केही व्यवस्था पनि ल्याएको छ। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।