महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार रौतहटको कटहरिया नगरपालीकामा ¥याली तथा दिप प्रज्वलन गरिएको छ ।
ईस्लामिक रिलिफ युएसएको आर्थीक सहयोग, ईस्लामिक रिलिफ नेपालको प्राबिधिक सहयोग तथा ग्रामिण बिकास केन्द्र आरडिसि नेपालको आयोजना र कटहरिया नगरपालीकाको संयोजनमा लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार दिउँसो कटहरिया नगरपालीकामा कार्यक्रम गरिएको हो ।

नगरपालीकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ मा गठित बाल संरक्षण समितीका पदाधिकारिहरु, कटहरिया मा.बि.र त्रिशक्ति बोर्डिङ स्कुलका बिद्यार्थी, नगरपालीकाका मेयर शियाराम कुसवाह, उपमेयर नुरजहाँ खातुन तथा कार्यपालीका सदस्यहरु सँगै नेपाल पुलीस, शसस्त्र तथा जिल्लामा रहेको महिलासेल समेतको सहभागीतामा सोमबार दिउँसो ¥याली गरिएको हो । सो ¥याली कटहरिया नगरपालीकाबाट सुरु भई, बहादुरपुर, बलिरामपुर समेतको परिक्रमा पश्चात तराई मधेस प्रतिष्ठानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमको उपमेयर खातुनले अध्यक्षता गर्नुभएको थियो भने मेयर कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि सशस्त्र प्रहरि बल दुधियाभारका ईन्स्पेक्टर चामन नारायण महतो, ईलाका प्रहरि कार्यालय कटहरियाका सई लतिफ अन्सारि, महिला तथा बालबालीका सेलकी फुलमाया, आरडिसि प्रमुख पारस हुसेन, ममता झा, फिरोज लगाएतको आतिथ्यता रहेको थियो ।

त्यसैगरि साँझ कटहरिया बजारस्थित बिवाहमण्डप अगाडि दिप प्रज्वलन गरिएको छ । नगरपालीकाकी उप–प्रमुख नुरजहाँ खातुनले पहिलो मैन बत्ति बालेर दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवशरमा समाज सेवी यूवा नेता नसरूदिन अन्सारी, वडा अध्यक्षहरु हरिभजन साह, ननदलाल हजरा, सुखल राय, समाज सेवी रविरञ्जन यादव लगाएत स्थानिय भद्रभलाद्मी तथा सचेत बर्गले मैनबत्ति बालेर सहभागीता जनाएका थिए ।
भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ परेका छन् । कृषि कानुनको विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी हुन कन्नौज जाँदै गर्दा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव पक्राउ परेका हुन् । प्रशासनले पहिले लखनउमा उनको घरबाहिर बन्देज लगाएको थियो त्यसपछि अखिलेश नजिकै धर्नामा बसेका थिए ।
अखिलेशले प्रशासनले आफ्ना गाडीहरु जफत गरेको आरोप लगाएका छन् । हिरासतमा लिएपछि उनलाई इको गार्डेन पठाइँदैछ जहाँ उनलाई कस्टडीमा राखिनेछ । अखिलेसको घरअगाडि सडकमा प्रशासनले अवरोध गरेपछि उनी पैदल हिँडेका थिए । अखिलेसले आफ्ना कार्यकर्ताले कैयौं जिल्लामा गिरफ्तारी दिएको बताए ।
रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी मो.महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महतावलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका महतावलाई नेपाल भारत सिमानामा पर्ने रौतहटको बौधिमाई नगरपालीका ७ स्थित बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरि कार्यालय सुचना संकलन तथा सम्प्रेषण शाखा प्रदेश २ ले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका महतावले आफ्नो दाई मो.अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले बिष्फोटमा परि मृत्यु तथा घाईते भएकाहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको स्विकार गरेको खुलेको र थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।
पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते साँझ राजपुर नगरपालीका ४ साबिकको राजपुर फरदहवा गाबिस ४ स्थित शेख ईद्रिसको गोठमा बिष्फोटक पदार्थ भण्डारण गरि बम बनाउने क्रममा बिस्फोट हुँदा घाईते यमुनामाई गाउपालीका ४, साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।
उक्त घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी काठमाडौस्थित नक्खु कारागारमा जेल सजाय भोगी रहेका छन । पुर्बमंन्त्रि अफताब आलम र उनका भाई महताव आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो ।
उक्त घटनामा प्रहरीको अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन् ।
- खड्ग प्रसाद उप्रेती/निजगढ
बाराको निजगढमा सोमबार ‘राजा आउ, देश बचाउ’ भन्दै नाराबाजी र मोटरसाईकल ¥याली भएको छ । राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीको संयोजनमा स्वतस्फुर्त रुपमा जम्मा भएका युवाहरुले नाराबाजी सँगै मोटरसाईकल ¥याली गरेका हुन ।

जिल्लाका बिभिन्न स्थानबाट जम्मा भएका युवाहरुले निजगढको बुद्ध चोकबाट सुरु गरेको जुलुस तथा ¥याली लच्का सम्म पुगी पुनः शहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘राजतन्त्र जिन्दावाद, हिन्दुराष्ट्र कायम गरौँ, गणतन्त्र धोका हो, राजा आउ देश बचाउ’ लगाएतका नारा लगाएका थिए ।
कोणसभामा राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीका संयोजक सुजन तिमल्सिना, गौसंरक्षण निजगढ शाखाका अध्यक्ष बासुदेव तिमल्सिना, एटिएफ संयोजक सन्तोष राजावादिले सम्बोधन गरेका थिए ।
बारामा कोरोना संक्रमित एक महिला को मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकि ७१ बर्षिय संक्रमितको मृत्यु भएको हो ।
संक्रमितलाई निमोनिया र श्वासप्रश्वासमा समस्या भए पछी उपचारको लागि वयोधा हस्पिटल लगिएको थियो । मङ्सिर १६ गते उनको रिपोर्ट पोजेटिभ आए पछि थप उपचारका लागि कोभिड अस्पताल नेशनल मेडिकल कलेज (बाबा) होटेलको आइसोलेसन वार्डमा भर्ना भएका थिइन् ।
उनको उपचारको क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिएका छन् ।
भारत सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उत्रिएका भारतीय किसानहरुप्रति ऐक्यबद्धता जनाउँदै मध्य लण्डनमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । आइतबार लण्डनको भारतीय हाइ कमिशनअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई पुलिसले कोरोनाभाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगका सजाय हुन सक्ने चेतावनी दिँदै प्रदर्शनकारीलाई फर्किन आग्रह गरेको थियो । डेलीमेलका अनुसार एक जनालाई पक्राउ समेत गरिएको छ ।

शिख युके फेडरेशनले प्रदर्शनको भिडियो ट्वीट गरेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु इण्डियन हाइ कमिशनअगाडि झण्डा लिएर नाराबाजी गरिरहेका देखिएका छन् । प्रदर्शनकारीहरुले भारतीय किसानको समर्थनमा प्लेकार्डहरु बोकेका थिए । उनहिरुले भारतीय प्रधानमन्त्रीले भारतीय किसानहरुलाई बेचेको आरोप समेत लगाएका थिए । हजारौं भारतीय किसानहरुले भारत सरकारले ल्याएको नयाँ कृषि कानुन फिर्ता लिन माग गर्दै दिल्लीमा प्रदर्शन सुरु गरेपछि यसको प्रभाव लण्डनसम्म पुगेको हो । DCNepal.com


सर्लाहीको मुख्य नाका मलंगवा सोनवरसाको गोरखकाली हनुमान मन्दिर नाका संचालनमा आएको छ ।
लामो समयदेखि भारतीय सिमानाका बन्द भएका कारण सर्लाहीमा सर्वपक्षिय संघर्ष समितिले आन्दोलन सुरु गरेपछि आईतवार अपराह्न देखि सर्लाहीको मुख्य नाकाबाट एम्बुलेन्स, शव वाहन र बेहुला बेहुली चढेको गाडी आउ जाउ गर्ने दिने सर्लाही प्रशासनले जनाएको छ । त्यसको लागि सिमामा खटिने सशस्त्र प्रहरीलाई निर्देशन दिई सकिएको जिल्ला प्रशासन कार्यालय सर्लाही श्रोतले जनाएको छ ।
लामो समयदेखि सिमा बन्दका कारण जनता समस्यामा परेपछि आईतवार मलंगवामा सिमानाका खोल्न माँग गर्दै बिरोधमा मोटरसाईकल जुलुस प्रदर्शन गुर्नका साथै आईतवारदेखि मलंगवामा अनिश्चितकालिन रिले धर्ना कार्यक्रम समेत सुरु भएको छ ।
पूर्ण रुपमा सिमानाका नखोलिए सम्म आन्दोलनका कार्यक्रम जारी रहने सर्वपक्षिय संघर्ष समिति सर्लाहीका संयोजक एवम् जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो । मधेश पोस्टबाट…
अब सबै एकल महिलाले समाजिक सुरक्षा भत्ता पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि सबै एकल महिलाले भत्ता पाउने बाटो खुलेको हो ।
समाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेशमा सरकारले सबै एकल महिला (सरकारले तोकेको परिभाषाभित्र पर्ने) ले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको छ । यअसघि ६० वर्ष पुगेका एकल महिलाले मात्र समाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।
। यस्तै उक्त अध्यादेशमा अतिअशक्त अपांगले सामाजिक सुरक्षा भत्ता नपाउने साविकको व्यवस्था संशोधन गरी अतिअशक्त अपांगलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तै नेपाल सरकारबाहेक अन्य निकायबाट निवृत्तिभरण पाउने भए उनीहरूका लागि पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उल्लेख छ। यसबाट बेलायती र भारतीय सेनाबाट निवृत्त भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा महिलाहरूले र्याली निकालेकाे छन् । “लैंगिक हिंसा अन्त्यकाे प्रतिबद्धता “व्यक्ति समाज र सबैको एक्यबद्धता” मूल नारा को साथ माहिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकाे छ । साे अन्तर्गत आइतबार रौतहटको गौरमा र्याली सम्पन्न भएकाे छ ।
नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ , नेपाल पिछडा महासंघ र अन्तर पार्टी माहिला सञ्जाल को आयोजनामा र्याली भएको थियोे । र्याली गौरको बिपी चोकबाट सुरु भएर जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुगी कोणसभामा परिणत भएकाे थियो । र्यालिमा सहभागि महिलाहरूले ‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ लगाएतका नारा लगाएका थिए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर १५ देखी डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । याे अवधिमा राैतहटमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन ।
मेष –
डरको डरलाग्दो राक्षससँग लड्न आफ्नो विचारमा केही सकारात्मक सोच राख्नुहोस्, अन्यथा तपाईं यो कट्टर भूतको निष्क्रिय र बेरहमी सिकार बन्नुहुनेछ। आफ्ना घरको श्रृंगारको लागि आफ्नो खाली समय प्रयोग गर्नुहोस्। तपाईंका परिवारले साँच्चै नै यसको कदर गर्नेछ। रोमान्टिक सम्झनाहरुले तपाईंको आजको दिन बित्नेछ। काममा तपाईंले एउटा राम्रो परिवर्तन अनुभव गर्न सक्नु हुनेछ। तपाईंको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ।
वृष –
जुन तपाईंसँग कहिल्यै आउँदैन। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। यो प्रेमको लागि तपाईंको भाग्यशाली दिन हो। तपाईंको प्रेमीले तपाईंको लामो प्रतीक्षा गरेका कल्पनाको बोध गराउनेछन्। तपाईंले प्रदान गर्न सक्नुहुने निश्चित नभएसम्म केहि प्रतिज्ञा नगर्नुहोस्। तपाईंलाई सबैभन्दा गर्न मन लाग्ने कुराहरूको सामाजिकरण र पालनको लागि आज समय छ। तपाईं वरिपरि मानिसहरूले तपाईंको सम्बन्धमा मतभेद सिर्जना गर्न प्रयास गर्ने धेरै सम्भावना छ। बाहिरी मान्छको सल्लाह अनुसार केही नगर्नुहोस्।
मिथुन –
तपाईको लामो यात्रामा जाने योजना छ भने आफ्नो स्वास्थ्य र ऊर्जाको संरक्षण गर्ने बानीले तपाईंलाई अत्यन्तै लाभ हुनेछ। व्यस्त समय भए तापनि तपाईं सजिलै थकानको सामना गर्न सक्षम हुनुहुनेछ। आजको दिन नजिकका आफन्त वा साथीहरूले राम्रो समाचार दिएबाट सुरु हुनेछ। तपाईंका आँखा आफ्नो प्रेमीको अँध्यारो रातलाई प्रकाश गर्न सक्ने उज्ज्वल छन्। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
कर्कट –
तपाईंको मनलाई अनावश्यक विचारहरूले कब्जा गर्न सक्छन्। खाली मस्तिष्क शैतानको कार्यशाला हुने हुनाले शारीरिक व्यायामहरूमा आफूलाई संलग्न गर्ने प्रयास गर्नुहोस्। घरेलु कामले तपाईंलाई अधिकांश समय व्यस्त राख्नेछ। तपाईंले प्रेममा हरेक दिन पर्ने आफ्नो प्रकृतिलाई परिवर्तन गर्नुहोस्। तपाईंसे आज काममा एउटा अचम्मको व्यक्ति भेट्न सक्नु हुनेछ। गलत सञ्चारले आज केही समस्या सिर्जना हुन सक्छ, तर तपाईंले यसलाई बसेर बातचीत गरेर समाधान गर्न सक्नु हुनेछ।
शिंह –
तपाईंका परिवारले तपाईंबाट धेरै आशा गर्दछन् जसले गर्दा तपाईंलाई रीस उठ्न सक्छ। व्यस्त र तनाउपूर्ण यात्रा गर्नुहोस्, तर आर्थिक फाइदा भने होस्। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। नयाँ योजना र उद्यम लागू गर्नको लागि राम्रो दिन। आफ्नो ठाउँमा भएको कुनै बच्चा वा कुनै पनि बुजुर्ग नागरिकको नराम्रो स्वास्थ्यले तपाईंलाई चिन्तित बनाउन सक्छ जसले तपाईंको वैवाहिक जीवनमा सीधा असर पार्नेछ।
कन्या –
राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राको लागि बाहिर जानुहोस्। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। गुनासो गर्ने कुनै पनि मौका नदिनुहोस्। तपाईंको विश्वास बढ्दैछ र उन्नति स्पष्ट छ। आज आफ्नो जोडीसित तपाईंले आत्मीय कुराकानी गर्नु हुनेछ ।
तुला –
बच्चाहरुले तपाईंको साँझ रमाइलो पार्नेछन्। नीरस र व्यस्त दिनलाई बिदा गर्न एउटा राम्रो खाने योजना गर्नुहोस्। उनीहरूको भेलाले तपाईंको शरीरलाई पुन ऊर्जा दिनेछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। आज प्रेम नभएको महसुस हुन सक्छ। कामको सन्दर्भमा आजको दिन धेरै राम्रो देखिन्छ। असीम रचनात्मकता र उत्साहले तपाईंको अर्को फाइदाजनक दिन आउँछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।
वृश्चिक –
तपाईंको सकारात्मक दृष्टिकोणले तपाईंका वरिपरिका मान्छेहरूलाई प्रभावित गर्नेछ। तपाईंले आफ्नो घरको वातावरण परिवर्तन गर्न अघि अरूको अनुमोदन प्राप्त गर्नुभयो भन्ने निश्चित गर्नुहोस्। धार्मिक र शुद्ध प्रेमको अनुभव गर्नुहोस्। तपाईं एक दिनको बिदामा जानु हुँदैछ भने चिन्ता नगर्नुहोस्, – तपाईंको अनुपस्थितिमा पनि काम सजिलै चल्नेछ। कुनै अनौठो कारणले गर्दा समस्या भएमा तपाईं फर्केर आएपछि यसलाई सजिलै समाधान गर्नुहुनेछ। तपाईंको जीवनसाथी कहिल्यै आजभन्दा रमाइलो थिएनन्।
धनु –
तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। मान्छे तपाईंबाट के चाहन्छन् र के जरूरी छ भन्ने कुरा तपाईंले ठ्याक्कै थाहा पाउने जस्तो देखिन्छ तर आज खर्च गर्नमा त्यति धेरै उदार पनि हुने प्रयास नगर्नुहोस्। बच्चाहरुले केही रोमाञ्चकारी समाचार ल्याउन सक्छन्। प्रेममा कमी आउनुबाट बच्नको लागि हँसिलो र साहसी हुनुहोस्। कामको समयमा तपाईंका कामको प्रशंसा गरिनेछ। एउटा विनोदी छलफलमा पुरानो मुद्दा उठ्न सक्छ र यसले तपाईं दुई बीच तर्क उत्पन्न गर्दछ।
मकर –
स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। तपाईंको हँसिलो मनले तपाईंको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। प्रेम सम्बन्धमा दास जस्तो व्यवहार नगर्नुहोस्। आफ्नो दृष्टिकोणमा इमानदार र सही हुनुहोस्, तपाईंको सङ्कल्प र कौशलले परिचय प्राप्त गर्नेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।
कुम्भ –
एउटा मित्रको ज्योतिष निर्देशनले तपाईंलाई आफ्नो स्वास्थ्य सुधार गर्न प्रोत्साहित गर्नेछ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। जीवन र कामको विषयमा आफ्नो दृष्टिकोणमा नैतिक र पूर्णतावादी हुनुहोस्। न्यानो हृदय र अरूलाई मार्गदर्शन र मद्दत गर्ने जन्मजात उत्तेजना प्राप्त कोई पनि राम्रो मानव हुन सक्छ। यसले तपाईंको पारिवारिक जीवनमा स्वतः सामंजस्य ल्याउन सक्छ। तपाईंको प्रेम बहुमूल्य कुराहरू जस्तै ताजा राख्नुहोस्। काममा र घरमा हुने दबावले तपाईंलाई रिसाहा बनाउन सक्छ। तपाईंलाई आफ्नो वैवाहिक आनन्दको लागि एउटा अचम्मको आश्चर्य प्राप्त हुन सक्छ।
मीन –
कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ, जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। गलत समयमा गलत कुरा नभन्ने प्रयास गर्नुहोस्, तर तपाईंका प्यारा मान्छेहरूलाई चोट पुग्ने ध्यान गर्नुहोस्। आफ्नो प्रियसँग तपाईंको व्यक्तिगत भावना र रहस्य साझेदारी गर्ने यो सही समय होइन। अधिनस्थ वा सह-कार्यकर्ता अत्यधिक सहयोगी हुनेछन्। घरमा संस्कार र हवन र शुभ समारोह गरिनेछ। तपाईंले आज आफ्नो वैवाहिक जीवनका एउटा कठिन समयको सामना गर्नुपर्ने हुन सक्छ ।