२०८३ जेष्ठ १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १८ सोमबार

चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै वक्तव्यमा भनिएको छ, ‘आकर्षित नहुने धारा ग्रहण गरी प्रनिनिधिसभा विघटन गरिएको पाइन्छ ।’

आफ्नै पार्टीका केही नेताहरुले काम गर्न नदिएकाले ताजा जनादेशका लागि जनतामा जान निर्णय गरेको प्रधानमन्त्रीको तर्कतर्फ इंगित गर्दै पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्यमा भनेका छन्, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’

उनीहरुले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि खण्डन गरेका छन् । ‘प्रष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’, चार पूर्व प्रधानन्यायाधीले भनेका छन् ।

कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य मन्यता परिर्वतन हुननसक्ने भन्दै उनीहरुले संविधान र सविधानको वादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्छ भन्नेमा दृढ विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले संसद विघटनलाई बैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सृजना हुनसक्ने तर्फ सचेत गराएका छन् । श्रोत : अनलाईनखबरबाट …

प्रेस बक्तब्य पढ्नुहोस् ।

दाहाल नेपाल समुहको नेकपाले रौतहटका प्रमुख जिल्ला अधिकारि (सिडियो) ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

यहि पौष ५ गत्ते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसद बिघटन गरेको बिरोधमा नेकपा रौतहटले सिडियो यादव मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र पठाएको हो । गौरमा एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले संसद बिघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै उक्त कदम सच्याएर संसद पुनस्र्थापना गर्न ज्ञापनपत्र मार्फ माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन केन्द्रीय सदस्य युवराज भट्टराई, पुर्व मन्त्री सत्यनारायण भगत, दाहाल नेपाल समुहको नेकपाका जिल्ला अध्यक्ष कमल यादव, प्रदेशसभा सदस्य बिन्देश्वर यादव, कटहरिया नगरपालकिाका नगर संयोजक नसरुद्धिन अन्सारि, जिल्ला सदस्यहरु राजदेवी सहनी, रबिरञ्जन यादव, सरला यादव लगाएतका नेकपाका नेताहरु सदरमुकाम गौर पुगेका थिए ।

मकवानपुर प्रहरिले दुई दिनमा १३० के.जी.लागुऔषध गाँजा सहित त्यसमा संलग्नहरुलाई पक्राउ गरेको छ । शुक्रवार बिहान ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय मनहरिबाट प्रहरि निरिक्षक ‘ईन्स्पेक्टर’ विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरिको टोलीले ४४ के.जी.लागुऔषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मनहरि गाउँपालीकाको वडा नम्बर ८ सिमपानी स्थित पुर्व पश्चिम राजमार्गबाट गाँजा ओसार पसारमा संलग्न ८ जनालाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालीका २ बस्ने बर्ष २२ का सुजन प्रजा, बर्ष २५ का दिपक लामा र प्रेम मोक्तान, बर्ष ५२ का कान्छाराम लामा, ४५ बर्षका गोपाल चेपाङ, ३१ बर्षका रतन सिङ्तान, ३६ बर्षका उद्धास ब्लोन र कैलाश गाउँपालीका ४ बस्ने ३४ बर्षका सिताराम सिङ्तान रहेका छन । उनिहरुलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरिले बताएको छ ।

बिहिवार राती मात्रै पनी ईन्स्पेक्टर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ८६ के.जी. लागुऔषध गाँजा बरामद गरेको थियो । मनहरिको वडा नम्बर ६ मा गाँजा ओसार पसार भईरहेको छ भन्ने सुचनाको आधारमा पुगेको टोलीले रुपाचुरि जंगलमा केहि मानीसले बोरामा बोकेर लैजाँदै गरेको गाँजा बरामद गरेको हो ।

ईन्स्पेक्टर श्रेष्ठले दिएको जानकारि अनुसार गाँजाधारि ब्यक्तिहरु प्रहरिलाई देखेपछि बोरा छोडेर जंगलतिर भागेका थिए । फरार गाँजा ओसार पसारमा संलग्नहरुको खोजी भईरहेको प्रहरिले जनाएको छ ।

कोरोना भाईरसको माहामारिका कारण लामो समय बन्द रहेको बिद्यालय स्वास्थ्य सावधानी अपनाउँदै पुनः सञ्चालनमा आईसकेको छ । तर गएको बैशाख १२ गत्तेको हावाहुरिले उडाएको बिद्यालयको छानो भने अहिलेसम्म हालिएको छैन ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ कटहरबोट गाउँमा रहेको श्री ईन्द्रावती प्राथमिक बिद्यालयको एउटा भवनको छानो हावाहुरिले उडाएको लामो समय बितिसक्दा पनी छाउन सकिएको छैन । हावाहुरिले बिद्यालयको छानोमा हालिएको जस्तापाता उडाएको थियो । बाक्लो असिना सँगै आएको हावाको बेगले उडाएको जस्तापाता उठाएर राखिएको छ । तर कम्पाउण्ड वाल समेत नभएको बिद्यालयको हातामा राखिएको जस्तापाता कतिपय त चोरि भईसकेको स्थानिय बताउँछन ।

अदृश्यरुपमा राजनितिक खिचातानी र ब्यक्तिवादी प्रबृत्तिका कारण बिद्यालयको अवस्था झन खस्कँदै गएको जानकारहरु बताउँछन । कक्षा ५ सम्म पढाई हुने बिद्यालयमा बिद्यार्थी संख्या पनी न्युन रहेको छ । अघिल्लो शैक्षिक सत्र सम्म दयनिय अवस्थामा रहेको बिद्यालयमा यो शैक्षिक सत्रबाट केहि सुधारका संकेतहरु देखिएको भएपनी त्यो अपेक्षाकृत हुन नसकेको स्थानिय बुद्धिजिविको भनाई छ । बलराम कार्कि प्रधानाध्यापक भएर आएपछि बिद्यालयमा केहि सुधारका शंकेत देखिएकोमा कोरोना माहामारिका कारण अवस्था सुध्रिन नसकेको उनिहरुको स्विकारोक्ति छ ।

लालबन्दी नगरपालीका श्रोतका अनुसार बिद्यार्थी संख्या न्युन रहेको र नजिकैको गाउँ सतभैयामा अर्को निमाबि तहको बिद्यालय रहेका कारण सो बिद्यालयलाई सतभैयाको बिद्यालयमा मर्ज गर्ने बिज्ञहरुको मनसाय छ ।

उक्त बिद्यालयमा ब्यबस्थापन समितीको अवरोधका कारण कम्पाउण्ड वालका लागी बजेट आईसकेको भएपनी काम सुचारु गर्न सकिएको छैन । एक स्थानियका अनुसार बिद्यालयको जग्गा पनी नजिकैका जग्गाधनीले मिच्दै आएका छन, त्यस तर्फ पनी बिद्यालय तथा ब्यवस्थापन समितीको ध्यान जान सकेको छैन ।

रौतहटको एक वडामा कार्यालय समयमा नखुलेको भन्दै युवाहरुले कार्यालय बन्द गरेका छन । जिल्लाको कटहरिया नगरपालीका वडा नम्बर १ भसेड्वामा रहेको वडा कार्यालय समयमा नखुलेको भन्दै स्थानिय युवाहरुले कार्यालय बन्द गरेका हुन ।

बिहिवार करिव १२ बजेको समयमा कार्यालय खोल्न पुगेका वडा कार्यालयका कर्मचारिहरुलाई सवा १० बजे नै कार्यालयमा पुगेका युवाहरुले कार्यालय खोल्न नदिएका हुन । बिशेष कामले वडा कार्यालयमा पुगेका उनिहरुले मध्य दिन सम्म पनी कार्यालयमा कर्मचारि उपस्थित नहुनु र वडा कार्यालय सम्म नखुल्दा वडावासि मर्कामा परेको बताएका छन ।

उनिहरुका अनुसार वडा कार्यालयका कर्मचारिको मनोमानी बढेको, समयमा र नियमित कार्यालयमा उपस्थित नहुने गरेको, वडा प्रमुखले समेत वडावासिको काममा ध्यान नदिएको भन्दै युवाहरुले मध्यदिनमा कार्यालय खोल्न पुगेका कर्मचारिलाई कार्यालय खोल्न नदिएर फर्काईदिएका छन । सो क्रममा कार्यालय खोल्न पुगेका कर्मचारिले किन, के काम छ भन्दै जे गर्न मन लाग्न त्यहि गर्, जस्लाई भन्नु छ त्यस्लाई भन भन्दै रिसाएर घर फर्किएको भिडियो सार्वजनिक भएको छ ।

युवाहरुले वडा नम्बर १ को यो घट्ना प्रतिनिधि घट्ना मात्रै भएको र यस क्षेत्रका प्रायः सबै स्थानिय निकायका कार्यालयहरुको हालत उस्तै रहेको बताएका छन । युवाहरुले वडावासि तथा जनताको काममा ध्यान दिन पनी कर्मचारिलाई आग्रह गरेका छन ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=VuqLyLEnzv8

ओली समुहमा प्रवेश गरेर शहरि बिकास मन्त्री बनेका प्रभु साहको पक्षमा जनलहर उर्लिरहेका बेला नेकपाको दाहाल नेपाल समुहको निरन्तर भेला र बैठक बसिरहेको छ । हिजो मात्रै पनी रौतहटको कटहरिया नगरपालीका अन्तर्गतका वडाहरुको बैठक बसेको थियो ।

कटहरिया नगरपालिकाको वडा नं १,२,३,४,५,६ र ९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदम बिरुद्ध दोस्रो चरणको बिरोध कार्यक्रमको लागि भेला बसि वडा स्तरीय संघर्ष समिती गठन गरिएको छ । नगर संघर्ष समितिको संयोजक समाजसेवी नसरूदिन अंसारीको संयोजकत्वमा संघर्ष समिती गठन गरिएको श्रोतले बताएको छ ।

यता स्थानियस्तरका नेता कार्यकर्ताहरुले संघर्षका कार्यक्रमको घोषणा गरिरहेका बेला केन्द्रियस्तरका नेताहरुल भने चुनावी प्रतिस्पर्धाका लागी तयार रहेको बुझिएको छ । केहि पार्टीका शिर्ष नेतृत्वले नै चुनावको तयारिमा लाग्न तल्लो तहमा सर्कुलर जारि गरिसकेका श्रोतले जनाएको छ । उनिहरुका अनुसार चुनावको मिती नजिक रहेकोले संघर्ष भन्दा पनी चुनावी माहोल बनाउन तर्फ ध्यान केन्द्रित गर्ने बेला आएको छ ।

जनताको माझमा जान डराएको भन्ने आशय जनताले बुझ्न थालेको भन्दै बाहिर बिरोध गरेपनी भित्र भित्र भने चुनावको तयारिमा लाग्नुको बिकल्प नरहेको केहि पार्टि निकट श्रोतले सञ्चारमाध्यमसँग आफ्नो धारणा राख्दै बताएका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।