२०८३ भाद्र १ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १ सोमबार

राजा सहितको हिन्दु राष्ट्रको पुनस्र्थापनाको अभियान सहित देशमा सक्रिय राष्ट्रिय शक्ति नेपालको जिल्ला कमिटि बैठक आईबार लालबन्दीमा सम्पन्न भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ७ मा रहेको आफ्नै कार्यालयमा अभियानको बैठक बसेको हो । केन्द्रिय अभियन्ता अञ्जु थपलियाको प्रमुख आतिथ्यता एवं समन्वयमा बसेको बैठकले श्री ५ महाराज धिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको यहि २३ गत्ते परेको जन्म जयन्ति भब्यताका साथ मनाउने निर्णय गरेको छ ।

बैठकले लालबन्दीमा शान्तिपुर्ण प्रदर्शनीसहितको कार्यक्रम गर्ने निर्णय गरेको केन्द्रिय अभियन्ता थपलियाले बताउनुभयो । बैठकमा जिल्ला संयोजक प्रकाश चन्द्र भट्ट, सचिव केशव महत, पत्रकार एवं अभियन्ता रोहित पौडेल लगाएत सयौं हिन्दु धर्म, देश र राजा प्रेमिहरुको उपस्थिती रहेको थियो ।

यसैबिच अभियन्ता थपलियाले देशमा राजाको अनिवार्य आबश्यकता रहेको जिकिर गर्नुभएको छ । देशमा संघियता सफल नभएको तथा अनेक पार्टि र तिनका नेताले देशलाई लुटेर खोक्रो बनाई सकेकोले अब राजाको बिकल्प नभएको उहाँको दाबि छ । अहिले देशमा हत्या, हिंसा, लुट, महंगी, भ्रष्टाचार बढेको भन्दै अभियन्ता थपलीयाले अब देशमा राजा फर्किन धेरै महिना बाँकी नरहेकोले नेपाली जनतालाई धैर्यधारण गर्न समेत आग्रह गर्नुभयो ।

सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेलाई आइतवार स्वास्थ्य सामग्री प्राप्त भएको छ । स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठको पहलमा राईट टु स्टडी नेपाल संस्थाका प्रतिनिधि पुरन डंगोलले केन्द्रलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

स्वास्थ्य केन्द्रलाई ११ हजार पिस सर्जिकल मास्क, १ कार्टुन (२८८ पिस) लाइफबाइ साबुन, १० थान थर्मल गन, १० थान पल्स अक्सिमिटर, २४ थान लिक्विइड ह्यान्ड वास, २० लिटर सेनिटाइजर, २० लिटर सोडियम हाइपोक्लोराइड, ५० थान एन्टिजेन, १०० थान फेसशिल्ड, ३० थान पी.पी.ई. र २ सय थान के–९५ मास्क प्राप्त भएको केन्द्रका प्रशासनीक व्यवस्थापक राजकुमार सिंहले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरे, रेडक्रस लालबन्दीका उपसचिव कृष्ण भण्डारी, लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुदीप काफ्ले, डा. चन्दन चौधरी, कोभिड अस्पतालका व्यवस्थापक धु्रव केसी, स्वास्थ्यकर्मीहरु दीपेश पाख्रिन, शीतल पौडेल, कृष्ण कुमार राउत, ललेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

एजेन्सी– चिनियाँ मेडिकल विश्वविद्यालयमा भएको एउटा शोधले प्याज र लसुन खाँदा क्यान्सरको खतरा कम हुने निष्कर्ष निकालेको छ । शोधकर्ताका अनुसार प्याज र लसुन उमालेर वा पकाएर खानुभन्दा यसलाई ताजा काटेर काँचै खाँदा राम्रो हुन्छ । उनीहरुले पकाउँदा वा उमाल्दा प्याज र लसुनको पोषक तत्व तथा फाइदाजनक केमिकल नष्ट हुने बताएका छन् ।

१६ सयभन्दा धेरै महिला तथा पुरुषमा गरिएको यो अनुसन्धानको निष्कर्ष के रहेको थियो भने काँचै प्याज र लसुन खानेहरुलाई क्यान्सर हुने सम्भावना ७९ प्रतिशतले कमी भएको थियो । प्याज र लसुनमा हुने बायोएक्टिभ कम्पाउन्ड्सका कारण स्तन तथा प्रोस्टेट क्यान्सरको सम्भावना पनि कम हुने देखिएको छ । एक वर्षमा १५ किलो प्याज तथा लसुनले क्यान्सर हुने सम्भावनालाई निकै घटाउने शोधकर्ताहरुले बताएका छन् । 

एशिया प्यासिफिक जर्नल अफ क्लिनिकल रिसर्च पत्रिकामा प्रकाशित शोधका अनुसार दैनिक खानामा प्याज र लसुन खानाले अन्य अंगको क्यान्सरको सम्भावना पनि निकै कम हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।