२०८३ जेष्ठ ११ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ११ सोमबार

संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भएको आदेशको स्वागतमा कांग्रेसका नेता कार्यकर्ताहरुले सोमवार साँझ सर्लाहीको लालबन्दी सहित विभिन्न स्थानमा दीपावली गरेका छन ।

लालबन्दीमा नेपाली कांग्रेसका नगर सभापती प्रशान्त आचार्य सहितका कांग्रेस कार्यकर्ताले पश्चिम बसपार्कमा भेला भएर दिप प्रज्वलन गरेका हुन ।

त्यस्तै हरिवन, बयलवास सहितका स्थानमा पनी दिप प्रज्वलन गरिएको छ भने सदरमुकाम मलगंवामा ¥याली निकालिएको छ । नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहको अध्यक्षतामा आयोजना गरिएको स्वागत कार्यक्रममा स्थानिय नेता, कार्यकर्ता, विद्यार्थी नेताहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरु मलंगवा नगरपालिका क्षेत्रको परिक्रमा गर्दै जिल्ला विकास चोक स्थित सहिद पार्कमा कोणसभाको आयोजना गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ ।

एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई ह्विप नमानेको भन्दै कारबाही गर्दै आउनुभएको छ । तर सर्वोच्चले भने धारा ७६ को उपधारा ५ अनुसार ह्विप नलाग्ने भएकाले देउवालाई समर्थन गर्ने एमालेका सांसदहरूलाई कारबाही गर्न नमिल्ने स्पष्ट पारेको हो ।

सर्वोच्चले देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। प्रतिनिधिसभा पुनस्स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको छ। सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।

बागमती नगरपालीकाका एक हजार त्रिचालीस जना बिद्यार्थीका लागी ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ । सर्लाहीको बागमती नगरपालीका अन्तर्गतका बिद्यार्थीहरुका लागी द चाईना फाउण्डेशन फर पोभर्टि एलिअभेसन र राष्ट्रिय अपांग पुनस्र्थापना समाजको सहकार्यमा ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री बितरण गरेको हो ।

नगरभित्रका बिभिन्न बिद्यालयका बिपन्न बिद्यार्थीका लागी संस्थाले स्कुल ब्याग, स्टेशनरि सामाग्री, हाईजिन किट र प्राथमिक उपचार बक्स प्रदान गरेको हो ।

आईतवार चाईना फाउण्डेशनका नेपाल प्रमुख जो, ट्रान्सफर्म नेपालका रबिन्द्र दास, बागमती नगर शिक्षा शाखाका मिन प्रसाद उपाध्याय, राष्ट्रिय अपांग पुनस्र्थापना समाजका शुरेस प्याकुरेल, शिक्षक अभिभावक संघका केदार कार्कि तथा बिद्यार्थी एवं अभिभावककोे उपस्थितीमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।

बर्दिबास नगरपालीकामा जातिय भेदभावको कानुनि ब्यवस्थाका बारेमा लेखिएको बोर्ड राखिएको छ ।

महोत्तरिको बर्दिवास नगरपालीकाका १४ वटै वडा कार्यालय तथा प्रहरि कार्यालयमा समेत जातिय भेदभाव बिरुद्धको बोर्ड राखिएको हो । नगरको आयोजनामा भएको एक कार्यक्रमका बिच बोर्ड राखिएको नेपाल दलित मुक्ति अभियानको केन्द्रिय सचिवालय सदस्य सरोज गजमेरले जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिदुर कार्किले संबिधान र कानुनमा लेखिएका कुराहरु लागु गराउने, योजना बनाउने तथा ब्यवहारमा लागु गर्ने प्रमुख कार्यभार स्थानिय सरकारको भएको भन्दै नगरलाई जातिय भेदभावमुक्त नगर निर्माणमा जुट्ने प्रतिज्ञा गरे । साथै उनले यो अभियानमा नगरपालीकाको कार्यालय मात्रै नभई सिंगो नगरवासि, बिभिन्न राजनितिक दल तथा आम नगरवासि नै जुट्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै स्थानिय समाजसेवी शंकर फुयाँलले ईतिहाँसलाई सम्झेर बस्ने तथा ब्यवहारमा लागु गर्ने भन्दा मानवले मानवलाई गर्ने भेदभाव सदाका लागी अन्त्य गर्न तर्फ सम्पुर्ण नगरवासि एक जुट हुनुपर्नेमा जोड दिए । त्यस्तै नगरको न्यायीक समीतीका सदस्य चन्द्र बहादुर कालीकोटेले संबिधानले जातीय भेदभाव अन्त्य भएको भने पनी ब्यवहारबाट नहट्नु दुःखद भएको बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संयुक्त दलित संजालका अध्यक्ष मकरलाल बिश्वकर्माले जातीय भेदभाव जस्तो जघन्य अपराध समाजमा आधुनिक रूपमा बढ्दै गईरहेको र कथित दलित समुदाय पिडामा रहेको भन्दै जातिय भेदभाव कानुनी रुपमा मात्रै नभई ब्यवहारिक रुपमै हट्नुपर्ने बताए । अध्यक्ष बिश्वकर्माल भेदभाव अन्त्य गरि समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।