धन कमाउन हिँडे म लाहुर, रुँदै बाटो नछेक मयाले…
हिनेउ मुटु पारेर आधा, मै कसरि बिदा दिउँ मयालाई …
यी मुटु छुने शब्दहरु हुन हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘धन कमाउन हिँडे म लाहुर’ बोलको गीतको । यो गीत अहिले युट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ । मुटु छुने शब्द संगीत सँगै मनै रुवाउने म्युजिक भिडियो सहित सार्वजनिक गीतलाई अहिले दर्शक श्रोताले अत्यधिक रुचाएका छन ।
गीत संगीत मार्फत दर्शक श्रोताको मुटुसँग खेल्न सफल सर्जक हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीका लागी चर्चित गीतहरुका सर्जक राजकुमार बगरले शब्द सिर्जना गर्नुभएको हो ।
हेमन्त कान्छा रसाईली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियोमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने विनोद भण्डारीले गरेका हुन ।
म्युजिक भिडियो मार्फत आफ्नी मयालुलाई छोडेर पल्टन जान लागेका बेला बाख्रा चराईरहेकी मयाले देखेपछिको कारुणिक दृश्य प्रस्तु गरिएको छ ।
बडादशैंको नवौं दिन विहीवार महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
महानवमीका दिन दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने परम्परा छ ।
पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् ।
कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । आजको दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको समेत पूजा गरिन्छ ।
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।
नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।
बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक–एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुग्यो । खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो । चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको छ ।
बुधवार हारेको बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ ।
अब नेपालले शनिवार फाइनलमा भारतसँग खेल्नेछ ।