सर्लाही | लालबन्दीमा शुक्रवार लायन्स क्लव अफ लालबन्दी सिटिले बिपन्न परिवारका लागी फाईबर सिरक बितरण गरेको छ ।
लालबन्दी नगरपालिका ५ मा ३० जनाको लागी र लालबन्दी १२ जियाजोरमा १० जना बिपन्न परिवारका लागी फाईबर सिरक बितरण गरिएको लायन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष बिकल जर्गा मगरले जानकारि दिनुभयो ।

सिरक बितरण कार्यक्रममा लायन्स क्लव अफ लालबन्दी सिटिका जोन चेयर पर्सन राजकुमार न्यौपाने, क्लवका पास्ट प्रेसिडेन्टहरु पुस्कर उपाध्याय र धर्मराज थापा लगाएतको उपस्थिति रहेको थियो ।
जाडोमा न्यानो फाईबर सिरक पाएपछि बिपन्नहरु खुसि भएका थिए ।
सर्लाही | उखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले पछाडी बाट ठक्कर दिदाँ २५ जना घाइते भएका छन ।
शुक्रवार बिहान ४ः१५ बजेको समयमा हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा ज २ त ७८१ नम्बरको विग्रेर बाटोको साईडमा रोकिराखेको उँखु लोड गरेको ट्रयाक्टरमा पश्चिम भैरहवाबाट पुर्व विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७ नम्बरको नाईट बस ट्रयाक्टरको पछाडीबाट ठोक्किन जाँदा बसमा सवार ३९ जना मध्ये २५ जना घाईते भएकोमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते हुनेहरुमा चितवन खैरहनी न.पा.७ बस्ने वर्ष ३६ पसुराम फुयाल भरतपुर रेफर, रुपन्देही बुटवल न.पा.८ बस्ने वर्ष ५२ को टोप बहादुर गुरुङ, श्रीकटन गा.पा.१२ बस्ने वर्ष २५ की कृतिका चौधरी अवस्था गम्भिर (बयोधा अस्पताल विरगजं रिफर), बुटवल उ.म.न.पा.१२ बस्ने वर्ष २४ को शिव भुषाल, निजकै श्रीमती वर्ष २१ की सविता भुषाल, कन्चन गा.पा.१ बस्ने वर्ष २६ दिपेन्द्र मलाह बयोधा अस्पताल विरगजं रिफर, बुटवल न.पा.१० बस्ने वर्ष ४३ को भुपराज चापागाई (भरतपुर रिफर) सोहि नपा वडा नं. १३ बस्ने वर्ष ३१ की निशा पौडेल रहेका छन ।
त्यस्तै मोरङ सोनबर्षा न.पा.५ बस्ने वर्ष ४५ को विरेन्द्र मण्डल, वर्ष ३७ का शंकर सरदार, विराटनगर म.न.पा.६ बस्ने वर्ष ४७ को जय प्रकाश साह, सप्तरी खट्क न.पा.८ बस्ने वर्ष ४२ को तुलसी प्रसाद चौधरी खुट्टामा, निजकै श्रीमती वर्ष ३८ की ललिता कुमारी चौधरी, रामनगर कोदारकट्टी बलानदेवल न.पा. ५ बस्ने वर्ष २० सत्यनारायण यादव, सुनसरी ईनर्वा न.पा.६ बस्ने वर्ष ४६ को हरि प्रसाद पोखरेल, स्याङजा कालीगण्डकी गा.पा.५ बस्ने वर्ष २६ को त्रिभुवन न्यौपाने, धनुषा जनकपुर न.पा.१२ बस्ने वर्ष २९ को चन्द्रकान्त यादव, रौतहट गरुडा न.पा.१ बस्ने वर्ष ३० को सुभास गुप्ता रहेका छन ।
त्यसैगरी सिरहा सखुवा गा.पा.१ बस्ने वर्ष ६१ का किसुनदेव यादव, वर्ष ३६ को राजकुमार यादव, वर्ष ३७ की शितल कुमारी यादव, रुपन्देही रोहनी गा.पा.१ बस्ने वर्ष ३० को ईम्तियाज खानको स्वाभिमान अस्पताल हरिवनमा उपचार भईरहेको छ ।
त्यस्तै रुपन्देही बुटवल उ.म.न.पा.७ बस्ने वर्ष २२ को बिशाल परियार, वर्ष २१ की सुमिफा परियार, बर्ष अं.२८ की झर्ना परियारलाई सर्लाही जिवन हेल्थ केयर सुकेपोखरीमा उपचार पश्चात बिरगंज स्थित बयोधा अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।