लागुऔषध सहित गम्हरियाका एक जना पक्राउ

244
Friendship Mobile

सर्लाही | प्रहरिले शुक्रवारराती लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गम्हरिया बस्ने २४ बर्षका अनिल महतो छन ।

उनले ज८प ६७७३ नम्बरको मोटरसाईकलमा नवलपुर मलंगवा सडकखण्डमा मोटरसाईकलको ट्यांकी भित्रको दुबैतिरको खालीभागमा लागुऔषध लुकाएर मलंगवातर्फबाट वडा नम्बर १२ स्थित गम्हरियातर्फ लैजाँदै गर्दा पक्राउ परेका थिए ।

प्रहरिको गस्ति टोलीले गएराती करिव साँडे १२ बजेतिर मलंगवा ११ मा रहेको पेट्रोलपम्प आसमासमा शंका लागी चेकजाँच गर्दा महतोले लुकाई ल्याएको CodiWell लेखिएको १०० ML को २९ पिस सिसि लागूऔषध बरामद गरेको र मोटरसाईकल सहित महतोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको मलंगवास्थित जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

यसैबिच जिल्लाको दक्षिणी क्षेत्रमा जाडो मौसम सुरु भए यता आगलागीका घटना भईरहेका छन । शुक्रवार मात्रैपनी पर्सा गाउँपालीका १ सितलपुर बस्ने नवल किशोर रायको कच्चि घरमा आगलागी हुँदा करिव ५० हजार बराबरको क्षति भएको छ ।

दिउँसो ३ बजको समयमा खाना पकाउने चुल्होबाट आगो सल्किएर खर र बाँसबाट बनेको कच्चि घर जलेको हो । आगलागीबाट मानबिय र चौपाया क्षति भने नभएको प्रहरिले जनाएको छ ।

त्यस्तै शुक्रवार दिउँसो करिव साँडे ४ बजेको समयमा कबिलासि २ पिपरियाका बुलयसको खेतमा थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको छ ।

आगलागीबाट २ ओटा त्रीपाल, १ बिघा खेतको पराल, ४ बोरा धान गरि अन्दाजी ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरि कार्यालय मलंगवाका सुचना अधिकृत एवं प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

आगलागीबाट मानबिय क्षति नभएको उहाँको भनाई छ ।