नयाँरोडमा साईकलयात्रीलाई बचाउन खोज्दा ट्रक पुलमुनि खस्यो

190
Friendship Mobile

सर्लाही | नयाँरोडमा मंगलवार दिउँसो एउटा मालवाहक ट्रक पुलमुनि खसेको छ । साईकलयात्रीलाई बचाउन खोज्दा ट्रक पुलमुनि खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदारमान दोङले जानकारी दिनुभयो ।

किराना समान बोकेर पश्चिमबाट आइरहेको ना ५ ख ४२२५ नम्वरको ट्रकले अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खोज्दा ट्रक पुलमुनि खसेको हो ।

नयाँरोडस्थित हरिवन र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन राईखोलाको पुलको रेलिङ भत्काएर ट्रक तल खोलामा खसेको थियो । दुर्घटनामा ट्रक चालक मकवानपुरका २४ वर्षीय नवराज गौतम घाइते छन् ।

साइकल यात्री भने सकुशल रहेका प्रहरिले जनाएको छ ।