वर्कशपमा बनाउन राखिएको मोटरसाईकलको पार्टपुर्जा अर्कै वर्कशपमा फेला, २ जना पक्राउ

194
Friendship Mobile

सर्लाही | प्रहरीले बनाउन राखिएको मोटरसाईकल चोरी गरि पार्टपुर्जा खोली अर्कै वर्कशपमा राखिएको अवस्थामा फेला पारि २ जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको जुटपानी वर्कशपमा मर्मतका लागी राखिएको ना४२प ८७७४ नम्बरको मोटरसाईकल हराएको सुचना प्राप्त हुनासाथ प्रहरीले खोजि कार्यलाई तिब्रता दिएको थियो ।

शनिवार ५ बजेतिर मोटरसाईकल हराएको खबर पाएको प्रहरीले राती साँडे १० बजे हरिपुर नगरपालिका ७ स्थित चिताईनमा रहेको रबिन वर्कशपमा पार्टपुर्जा खोलेको अवस्थामा फेला पारेको हो ।

बिशेष सुचनाको आधारमा पुगेको प्रहरीको टोलीले मोटरसाईकलको पार्टपुर्जा सँगै वर्कशप संचालक २२ बर्षका रबिन चौधरि र २३ बर्षका अजय चौधरिलाई पक्राउ गरेको छ ।

वर्कसप संचालक चौधरिद्वयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।