ड्रममा लुकाएर ल्याउँदै गरेको १२६ केजि लागुऔषध गाँजा बरामद

172
Friendship Mobile

क्षितिज बिश्वकर्मा | सर्लाहीको नवलपुरबाट प्रहरीले ड्रममा लुकाएर ल्याउँदै गरेको १२६ केजि लागुऔषध गाँजा सहित शनिवार बिहान २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ सिदुलेख गाउँपालिका ६ बस्ने बर्ष २२ का सुरेन्द्र बिश्वकर्मा र मकवानपुर कैलास गाउँपालिका २ बस्ने बर्ष ४८ का भिमलाल मोक्तान रहेका छन ।

पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने योद्दा पिकअपमा माछा राख्ने २ ओटा ड्रम भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लालबन्दी १ नवलपुरस्थित भवानी हेल्थ केयर अगाडिबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

उनिहरुको साथबाट ८५ हजार नगद र २ थान मोबाईल समेत बरामद भएको र उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारि दिनुभयो ।