नेकपा (एस) को परवानीपुरमा वडा पार्टी कार्यालय उद्घाटन

521
Friendship Mobile

सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सर्लाहीको लालवन्दी नगरपालिका वडा नम्वर १५ र १६ को लागि पार्टी कार्यालय संचालन गरेको छ ।

वडा नम्बर १६ स्थित परवानीपुरमा कार्यालय उद्घाटन गरि संचालन सुरु गरिएको पार्टी जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

पार्टी कार्यालयको उद्घाटन पार्टीका जिल्ला सचिव गोविन्द अधिकारीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा पार्टी सहसचिव उद्धव पाठक एवं लिलादेवी कोइराला, नगर अध्यक्ष राजन काफ्ले, सचिव राज तमाङ, वार्ड कमिटी अध्यक्षहरु जग वहादुर कार्की एवं लोकवहादुर खड्का, चन्द्र वहादुर वाईवा लगायतको उपस्थिती थियो ।