बिवाद सल्ट्याँदै पञ्चकन्या सामुदायिक बनको नयाँ कार्यसमिती चयन

391
Friendship Mobile

सर्लाही | बिवादका कारण करिव ५ बर्षदेखि नयाँ कार्यसमिती चयन हुन नसकेको पत्थरकोटमा रहेको एक सामुदायिक बनमा आज (शनिवार) नयाँ कार्यसमिती चयन गरिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १३ मा रहेको पञ्चकन्या सामुदायिक बन उपभोक्ता समुहको कार्यसमिती चयन गरिएको हो ।

वडाध्यक्ष शिवकृष्ण बैद्यको अध्यक्षता एवं सव डिभिजन बन कार्यालय लालबन्दी अन्तरगत रहेको पत्थरकोट ईकाइ बन कार्यालयका ईन्चार्ज (बन प्राबिधिक) अमृत सापकोटाको प्रमुख आतिथ्यतामा पत्थरकोटको बर पीपल चौतारीमा बसेको भेलाले नयाँ कार्यसमिती चयन गरेको हो ।

भेलाले लाल बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा चन्द्रदेव श्रेष्ठ, सचिवमा गोपिलाल श्रेष्ठ, सह–सचिवमा अर्जुन बिश्वकर्मा, कोषाध्यक्षमा भुवनेश्वरी रखाल सहित अन्यलाई सदस्यमा चयन भएका छन ।

प्रहरी चौकी पत्थरकोटका हवल्दार उत्तम न्यौपाने, मदन आश्रीत सामुदायीक बनका अध्यक्ष उदय बहादुर श्रेष्ठसहित स्थानिय उपभोक्ता, पुर्व पदाधिकारी लगाएतको उपस्थितीमा बिवादका बिच सफलतापुर्वक नयाँ कार्यसमिती चयन गरिएको डाध्यक्ष बैद्यले बताउनुभयो ।